

चारपाने, कार्तिक २४ । राष्ट्रिय जनमुक्ति पार्टीले आज आफ्नो चुनावी होषणा पत्र सार्वजनिक गरेको छ ।
पार्टीले आज अर्जुनधारा शनिस्चरे स्थित एक कार्यक्रम मार्फत प्रतिनिधी तथा प्रदेश सभाको निर्वाचन प्रतिबद्धता पत्र केन्द्रिय अध्यक्ष खड्गप्रसाद पालुङ्वा, उपाध्यक्ष मिना पन्धाक लिम्बु र केन्द्रिय सदस्य शिवप्रसाद आचार्यले घोषण पत्र सार्वजनिक गरेका थिए ।

इलाम क्षेत्र नं. २ वाट प्रतिनिधिसभा सदस्यको उम्मेदवार समेत रहेका अध्यक्ष पालुङ्वाको चुनाव चिन्ह घर रहेको छ । त्यसैगरी प्रदेशसभामा भक्तिदास राई र जयकुमार केरुङको पनि उम्मेदवारी रहेको पत्रकार सम्मेलन बताईएको छ । पार्टीको घोषणा पत्रमा भनिएको छ । सबै खाले विभेदको अन्त्य र पूर्ण संघीयताको सुनिशिचता, भ्रष्टचारमुक्त, सम्बृद्ध नेपालको निर्माण हाम्रो प्रतिबद्धता मुख्य नारा सहितको ३८ बुधे प्रतिवद्धता पत्र महासचिव केशव सूर्यवंशी र अध्यक्ष पालुङवाले हस्ताक्षर रहेको छ ।

