Aamsanchar

मैनाली समाज झापाको साधारणसभा सम्पन्न

Author Image
आइतवार, कार्तिक २६, २०७४

झापा,

झापाको कनकाई १ जामुनबारीमा अवस्थित कालिका मन्दिर परिसरमा मैनाली एकता समाज झापाको चौथो साधारणसभा सम्पन्न भएको छ।

शनिबार सम्पन्न भएको उक्त साधारणसभामा मैनाली समाजका विविध क्षेत्रमा उत्कृष्ट कार्य गर्ने मैनाली बन्धुहरुलाई सम्मान तथा अभिन्नदज पुरस्कृत गरिएको छ । कार्यक्रममा उत्कृष्ट एसएलसी प्रतिभालाई कासी मैनाली शिक्षा पुरस्कार १२ जना छात्रछात्रालाई, ज्येष्ठ मातापितालाई सम्मान १५ जनालाई , बिशेष योग्दान पुर्‍याउने बन्धुलाई सम्ममान, उत्कृष्ट छोरिबुहारीलाई सम्मान , उत्कृष्ट समाजसेवी पुरस्कार लगायतका विभिन्न क्षेत्रमा सम्ममान गिरएको छ।

उत्कृष्ट छात्रछात्रा तर्फ पुरस्कृत हुनेहरुमा अनिश, रुपेश, भुवन, दीक्षा, बादल, श्रदा, सुमिरन, सुयोग आशिका विशाल, बिनायक र कृर्ति मैनाली रहेका छन् भने ज्येष्ठ मातापिताहरुमा प्रेम प्रसाद चन्द्र प्रसाद गौरिमाया बिष्णुमाया हरिप्रसाद केदारनाथ देविमाया गणपति सावित्रादेवि मैनाली लगायत रहेका छन् ।

सामाजिक क्षेत्रमा कृयासिल मैनाली बन्धुहरुमा हल्दिबारि गाउपालिका का केदारनाथ मैनाली र काठमाडौ निवासी दमक लाईफलाईन अस्पतालमा कार्यरत डाड्ड गुरुप्रसाद मैनालीलाई अभिनन्दन गरिएको छ भने उत्कृष्ट छोरी कनकाई नगरपालिका निवासी गोमा मैनाली र उत्कृष्ट बुहारी तर्फ लोचनकुमारी मैनालीलाई सम्मान गरिएको समाजका सचिव अर्जुनकुमार मैनालीले बताए ।

त्यस्तै स्थानीय तह निर्वाचन २०७४मा कनकाई नगरपालिका २ र५ का जनप्रतिनिधि वडा सदस्यहरु घनश्याम मैनाली र शशिकान्त मैनालीलाई पनि सम्मान गरिएको हो भने ूमैनाली समाजसेवा ू पुरस्कार बाट समाजसेवा को क्षेत्रमा कृयासिल भद्रपुर निवासी नेपाल सामुदायिक अध्ययन केन्द्र का अध्यक्ष रामप्रसाद ढुङ्गानालाई सम्मान गरिएको जनाइएको छ ।

समाजका अध्यक्ष डिल्लीराम मैनालीको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा विशिष्ट अतिथि जनकपु उच्च अदालत राजविराज इजलासका माननीय न्यायाधीश गोपालप्रसाद भट्टराई प्रमुख अतिथि मिनप्रकश मैनाली कन्चनजङ्घा एफएमका प्रबन्ध चन्द्र भण्डारी लगायतले शुभकामना मन्तव्य राखेका थिए। समाजका सचिव अर्जुनकुमार मैनालीले सञ्चालन गरेको कार्यक्रमको स्वागत उपाध्यक्ष श्रीप्रसाद मैनाली ले गरेका थिए ।

Views: 334

प्रतिक्रिया (०)

सम्बन्धित खबर