Aamsanchar

आर्थिक समृद्धिकालागि वाम गठबन्धन : नेता खनाल

Author Image
आइतवार, कार्तिक २६, २०७४

इलाम, 

पूर्वप्रधानमन्त्री तथा नेकपा (एमाले)का वरिष्ठ नेता झलनाथ खनालले देशमा आर्थिक समृद्धिका लागि वाम गठबन्धनको विकल्प नरहेको बताउनुभएको छ ।

माई नगरपालिका–९ स्थित चिसापानीमा आज आयोजित चुनावी सभामा नेता खनालले देशको समृद्धि र संविधान कार्यान्वयनका लागि वाम गठबन्धनको विकल्पसमेत नरहेको विचार व्यक्त गर्नुभयो ।

“लोकतन्त्र र संविधान कार्यान्वयनका लागि वाम गठबन्धनको विकल्प छैन”, उहाँले मतदातासमक्ष भन्नुभयो, “कम्युनिष्ट पार्टीले मात्र देशको रक्षा गर्छन् ।” विगतमा पनि एमालेले देशको रक्षाका लागि अडान लिएको स्मरण गराउँदै नेता खनालले जस्तोसुकै परिस्थितिमा पनि कम्युनिष्टहरू देशका लागि दिलोज्यान दिन्छन् ।

वामपन्थीले निर्वाचनपछि देश चलाउँदैछन् भन्ने देशी विदेशी शक्तिहरूले थाहा पाएपछि उनीहरू थप चिन्तित बनेको उहाँको भनाइ थियो । वाम गठबन्धनले मात्र मुलुकको राष्ट्रियता, स्वाधीनताको रक्षा, स्वतन्त्रता, अखण्डता र देश विकासका पूर्वाधारलाई महत्वका साथ अघि बढाई नेपाली जनताको आधारभूत आवश्यकतालाई पूरा गर्ने बताउनुभयो ।

“निर्वाचनपछि वाम गठबन्धनको बहुमतको सरकार बन्ने र आर्थिक समृद्धिको अभियान पूर्वको इलामबाटै शुरु गरिनेछ”, उहाँ भन्नुहुन्छ । इलाममा कुनै कुराको कमी नभएकाले विकास र समृद्धि सम्भव रहेको तर्क गर्नुभयो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 134

प्रतिक्रिया (०)