Aamsanchar

चुनाव विरोधी गतिविधि गर्नेलाई तत्काल कारवाही गर्न गृह मन्त्रालयको निर्देशन

Author Image
बुधवार, कार्तिक २९, २०७४

काठमाडौं, 

चुनाव विरोधी गतिविधिमा संलग्न हुनेलाई तत्काल कारवाही गर्न गृह मन्त्रालयले निर्देशन दिएको छ ।

विभिन्न ठाउँमा उम्मेदवारमाथि आक्रमणको घटना बढ्न थालेपछि गृह मन्त्रालयले सुरक्षा निकायलाई अलमलमा नपरी कारवाही गर्न निर्देशन दिएको प्रवक्ता नारायणप्रसाद शर्माले जानकारी दिनुभयो ।

नेत्रविक्रम चन्द नेतृत्वको नेकपाले चुनाव विरोधी गतिविधि बढाएपछि गृह मन्त्रालयले सुरक्षा व्यवस्था थप कडा बनाउन निर्देशन दिएको हो ।

कुनै उम्मेदवारले आफूलाई असुरक्षा भएको जानकारी गराए तत्काल आवश्यक सुरक्षा प्रदान गरिने पनि मन्त्रालयले दाबी गरेको छ । तर उम्मेदवार र राजनीतिक दलले भने सरकारले सुरक्षा दिन नसकेको गुनासो गर्दै आएका छन् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 138

प्रतिक्रिया (०)

सम्बन्धित खबर