(नरेन्द्र ढकाल)

फोटो : विनोद पाण्डे (कमल)

भारतका विभिन्न शहरहरुमा अवैधानीक रुपमा सञ्चालनमा रहेका क्लिनिकहरु नेपाली बिरामीहरुलाई ठगी रहेको रहस्य सार्वजानिक भएको छ ।
भारतका पानीट्याङ्की, सिलगुडी, नक्साल लगायतका स्थानमा छयाप्छयाप्ती खुलेका क्लिनिकहरुले नेपाली बिरामीहरुलाई विभिन्न रोग निको पार्ने भन्दै ठगी रहेका छन् । पायल्स, फिस्टुला, फिसर लगायतका उपचार बिना अप्रेसन गर्ने भन्दै उनीहरुले नेपाली मिडियाको प्रयोग तथा नेपालमा एजेन्टहरु खटटाएर भ्रम छर्दै लुट मच्चाई रहेको खुलासा भएको हो ।
झापाको शिवसताक्षी नगरपालिका–१० जयनारायण योगीलाई भारतको पानीट्याङ्कीमा रहेको माँ पाथीभरा क्लिनले पायल्स रोग निको पार्ने ग्यारेन्टी गरेपछि उपचार सुरु गरेका थिए । तर उपचार सुरु गरे लगत्तै उनी सिकिस्त बनेपछि उनलाई दमक अस्पताल भर्ना गरिएको थियो । उक्त अस्पतालले उपचार गर्न नसक्ने भने रेफर गरेपछि बिर्तामोड स्थित बीएण्डसी हस्पिटलमा भर्ना भएका थिए । पायल्स रोगका बिरामी योगीको रक्त श्राप नरोकीएपछि अत्यन्त जटिल अवस्थामा अस्पताल ल्याइएको उनको उपचारमा संलग्न डा.रोहित यादवले जानकारी दिएका छन् ।
उनललाई पानीट्याङ्कीमा रहेको माँ पाथिभराक्लिनिकका डा.भुपेन्द्र भट्टाराईले उपचार गर्न नसकेर रोग निको नभए पछि उपचारमा लाग्ने सम्पूर्ण खर्च फिर्ता गर्ने आश्वासन दिएको उनका छोरा अभिषेक योगीले बताए ।


विभिन्न गलत विज्ञापन गरेर नेपालीहरुलाई ठगी गर्ने गरेको भन्दै बिरामी योगीले कारबार्हीको माग गरेका छन् । उनले इलाका प्रहरी कार्यालय कांकरभिट्टा, जिल्ला प्रशासन कार्यालयमा आफु ठगीएको भन्दै निवेदन समेत दर्ता गराएको छन् । बुधबार बीएण्डसी हस्पिटलमा आयोजित पत्रकार सम्मेलनमा योगीले आफुलाई निको पार्ने भनेर ३२ हजार रुपैंयामा सहमति भएको र उपचार सुरु गर्न थालेपछि आफु दुई पटक उक्त स्थानमा जाँदा १३ हजार बुझाई सकेको र सिकिस्त भएपछि सम्र्पक गर्दा भट्टराईले फोन अफ गरेर सम्र्पक बिहिन बनेको बताए । उनले आफुले जिल्ला प्रशासन कार्यालयमा ३१५ नम्बरमा निवेदन गर्दा गराएको जानकारी दिएका छन् ।
उनले पैसाको भरमा यस्ता अर्नगल प्रचार नगर्न सञ्चारमाध्यमहरुलाई आग्रह समेत गरेका छन् । पत्रकार सम्मेलनमा बोल्दै उपचारमा संलग्न डा. यादवले नेपालीहरुलाई भ्रममा पारेर रोगलाई जटिल बनाइरहेको बताएका छन् । उनले पायल्सको उपचार इन्जेक्सन मार्फत गर्ने पुरानो पद्धती भएपनि अब उक्त पद्धती बनद भइसकेपनि भारतका पानीट्याङ्कीमा रहेका भोले डाक्टरहरुले यस्तो गलत उपचार गरिरहेको दाबी गरेका छन् ।

यस्तै बीएण्डसी टिचिङ्ग हस्पिटलका कार्यकारी निर्देशक दुर्गा प्रसाईले पानीट्याङ्कीमा उपचार गरेर रोग झन जटिल बनेका बिरामीहरु बीएण्डसी हस्पिटलमा महिनामा २० देखि २५ जनासम्म आउने गरेको बताए । उनले यस्तो भयावह अवस्था हुदाँ समेत भ्रममा परेर धेरै नेपालीहरु ठगीने गरेको उल्लेख गरेका छन् । आफ्नै देशमा उपचार गराए कानुनी प्रक्रिया अप्नाउन समेत सहज हुनेभन्दै नेपालमा गठी गर्नका लागी केही नेपाली झोले डाक्टरहरु पानीट्याङ्कीमा लुटको धन्दा मच्चाइरहेको दाबी गरे ।
पानीट्याङकीमा रहेको चाँदसी क्लिनीक, शान्ति पायल्स क्लिनीक, न्यू पाथीभरा क्लिनीक, माँ पाथिभरा क्लिनीक लगायतका दजनौं क्लिनीकहरुले नेपालमा दलालीहरु प्रयोग गरेर प्रचार गरिरहेको हस्पिटका कार्यकारी निर्देशक प्रसाईले बताए । उनले यस्ता दललको लोभलालचमा नफस्न सबैसंग आग्रह समेत गरेका छन् ।


बीएण्डसी हस्पिटलमा अत्याधुनिक उपकरण तथा दक्ष चिकित्सक भएकाले अब कुनै पनि बिरामीले भारत तथा अन्य कुनैपनि स्थान जानु नपर्ने जनसम्पर्क अधिकारी प्रमिश गिरीले जानकारी दिएका छन् ।
पत्रकारसम्मेलनमा शिवसताक्षी–१० का धनप्रसाद लावतीले पानीट्याङ्कीका क्लिनिकहरु बन्द गर्नुपर्ने बताए । दोमुखा पर्यटन क्षेत्रको अध्यक्ष समेत रहेका लावतीले भारतीय अस्पतालले नेपालीहरु माथि अत्यन्त लुट मच्चाएको आरोप समेत लगाएका छन् । दोमुखा पर्यटन क्षेत्रका सचिव समेत रहेका योगीले आफु ठगीको भन्दै यो विषयमा आवाज उठाउने बताएका छन् ।उनले नेपालमा रहेका ठगहरुलाई कानुनको दायरामा ल्याउन माग गरेका छन् । त्यस्तै सोही ठाँउका पुष्प पौडेलले पायल्स र फिस्टुल निको पार्ने भन्दै लुट मच्चाउनेहरु बिरुद्ध सबै एकजुट हुने बताएका छन् ।

