बिर्तामोड,

झापाको बिर्तामोडमा रहेको बीएण्डसी टिचिङ हस्पिटलमा आजबाट पूर्वाञ्चल स्वास्थ्य महोत्सव सुरु हुदै छ ।

महोत्सवको अहिले बिहान ११ बजे पूर्व प्रधानमन्त्रीद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले उद्घाटन गर्ने हस्पिटलका कार्यकारी निर्देशक दुर्गा प्रसाईले जानकारी दिए । स्वास्थ्य महोत्सवको सम्पूर्ण तयारी पुरा भएको बताइएको छ ।
चार दिनसम्म सञ्चालन हुने स्वास्थय महोत्सवको पूर्व प्रधानमन्त्रीद्धय ओली र दाहालले उद्घाटन गर्ने बताइएको छ । महोत्सवमा कांग्रेसका महामन्त्री डा. शसाक कोइराला समेत सहभागि हुने कार्यकारी निर्देशक प्रसाईले बताएका छन् । स्वास्थय महोत्सवमा सम्पूर्ण नेताहरुको स्वास्थय बीएण्डसी टिचिङ हस्पिटलका डाक्टरहरुले परिक्षण गर्ने बताइएको छ ।

उत्तरमा ताप्लेजुङदेखि दक्षिणमा केचनासम्म पूर्वमा कांकरभिट्टदेखि पश्चिममा धनकुटासम्म विभिन्न स्थानमा ४ सय वटा स्वागतद्धार निर्माण गरिएको बताइएको छ । २ करोड रुपैंयाको लागतमा सुरु हुन लागेको पूर्वाञ्चल स्वास्थ्य महोत्सवमा दैनिक दुई हजार जनाले स्वास्थय सेवा लिने अपेक्षा गरिएको छ ।
स्वास्थ्य महोत्सवमा भारतको मेदान्त हस्पिटलका वरिष्ठ डाक्टरहरु सुमेत आउने बताइएको छ । मुटुरोग विशेषज्ञ, क्यान्सर रोग विशेषज्ञ लगायतका ६ जना डाक्टरहरु आउने भएकाले मौकाको फाइदा उठाउन हस्पिलले सबैसंग आग्रह समेत गरेको छ । महोत्सव अवधिभर ओपिडी सेवा निःशुल्क गरिएको छ भने सर्जरीमा १५ प्रतिशत, अप्रेसनमा १० प्रतिशत, औषधीमा १० प्रतिशत लगायतका छुटहरु गरिएको हस्पिटलका जनसम्र्पक अधिकारी प्रमिश गिरीले जानकारी दिएका छन् ।
त्यस्तै आमसञ्चार अनलाइन पूर्वाञ्चल स्वास्थय महोत्सवको मिडिया पार्टनरको रुपमा रहेको जनाइएको छ ।

