Aamsanchar

बाम एकता देशको समृद्धिका लागी भएकाले अव बन्ने सरकारले बीएण्डसीलाई टिचिङ हस्पिटलको सम्बन्धन दिलाएरै छाडछ : केपी ओली

Author Image
शनिवार, मंसिर २, २०७४

विर्तामोड, मंसिर २ ।  नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नयाँ सरकार बन्ने साथ बीएण्डसी हस्पिटलले मेडिकल कलेजको सम्बन्धन पाउने बताएका छन् झापाको बिर्तामोडमा आजबाट सुरु भएको पूर्वाञ्चल स्वास्थ्य महोत्सवको उद्घाटन गर्दै अध्यक्ष ओलीले सबै प्रक्रिया पुरा गरेर पनि मेडिकल कलेजको सम्बन्धन नपाउनु दुखको कुरा भएको बताएका छन् ।महोत्सव उद्घटन सत्रमा बोल्दै माओवादी केन्द्रका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बीएण्डसी हस्पिटललाई मेडिकल कलेज सम्बन्धन दिलाई छाड्ने बताएका छन् । बाम एकता देशको समृद्धिका लागी भएकाले यो हस्पिटलले सम्बन्धन पाउनु भनेको मेची अञ्चलबासीको समृद्धि भएको अध्यक्ष प्रचण्डले धारणा ब्यक्त गरेका छन् ।

कार्यक्रममा बोल्दै बीएण्डसी हस्पिटलका कार्यकारी निर्देशक दुर्गा प्रसाई आफ्नो अस्पतालले सबै प्रक्रिया पुरा गरेपनि राजनीतिक सिकार बनाइएको भन्दै गुनासो गरेका थिए । ८२ जना विशेषज्ञ डाक्टर साथै ८ सयबढीलाई प्रत्यक्ष रोजकारी दिएको उनले बताएका छन् । बीएण्डसीले पूर्वका जनताले आर्थिक कमजोरीका कारण उपचारबाट बञ्चित हुनुनपरोस भनेर स्वास्थ्य शिविरको आयोजना गरेको बताएका छन् । चार दिनसम्म सञ्चालन हुने स्वास्थय महोत्सवको पूर्वप्रधानमन्त्री द्धय ओली र दाहालले उद्घाटन गरेका थिए ।

२ करोड रुपैंयाको लागतमा सुरु भएको पूर्वाञ्चल स्वास्थ्य महोत्सवमा दैनिक दुई हजार जनाले स्वास्थय सेवा लिने अपेक्षा गरिएको छ । स्वास्थ्य महोत्सवमा भारतको मेदान्त हस्पिटलका वरिष्ठ डाक्टरहरु समेत आएका छन् ।मुटुरोग विशेषज्ञ, क्यान्सर रोग विशेषज्ञ लगायतका ६ जना डाक्टरहरु आएकाले मौकाको फाइदा उठाउन हस्पिलले सबैसंग आग्रह समेत गरेको छ ।

महोत्सव अवधिभर ओपिडी सेवा निःशुल्क गरिएको छ भने सर्जरीमा १५ प्रतिशत, अप्रेसनमा १० प्रतिशत, औषधीमा १० प्रतिशत लगायतका छुटहरु गरिएको हस्पिटलका जनसम्र्पक अधिकारी प्रमिश गिरीले जानकारी दिएका छन्

फोटो : विनोद पाण्डे (कमल)/आमसंचार

Views: 190

प्रतिक्रिया (०)

सम्बन्धित खबर