Aamsanchar

यसरी भयो प्रकाश दाहालको निधन

Author Image
आइतवार, मंसिर ३, २०७४

काठमाडौं :  नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डपुत्र प्रकाश दाहालको निधन भएको छ । गम्भीर बिरामी परेपछि काठमाडौंस्थित नर्भिक अस्पतालमा अचेत अवस्थामा पुर्‍याइएका प्रकाशको निधन भएको एक चिकित्सकले जानकारी दिए ।दाहाललाई आइतबार बिहान पाँच बजेतिर अचेत अवस्थामा अस्पताल ल्याइएको अस्पतालले जनाएको छ  । पुष्पकमल दाहाल लगायत काठमाडौं

आइपुगेपछि केही समयपछि घोषणा गर्ने ती चिकित्सकले बताए । चुनावी अभियानमा झापामा रहेका पुष्पकमल दाहाल, प्रकाशकी दिदी रेणु दाहाल काठमाडौं आउँदै छन् । नेकपा माओवादी केन्द्रका प्रवक्ता पम्फा भुसालले दुखद घटना भएको भन्दै डाक्टरको सूचना पर्खीरहेको बताइन् ।

अचानक हृदयघात भएपछि बिहान पाँच बजे अस्पताल पुर्‍याएका दाहाललाई डाक्टर ले  बचाउन नसक्ने प्रतिक्रिया दिएका थिए । आइतबार मोरङको विराटचोकमा हुने वाम गठबन्धनको चुनावी सभालाई सम्बोध न गर्ने कार्यक्रम छाडेर दाहाल काठमाडौं फर्किसकेका छन ।प्रकाश पूर्वप्रधानमन्त्री समेत रहेका दाहालका एक मात्र छोरा हुन् । उनी दाहालको सचिवालयमा काम गर्दै अाएका थिए । माओवादीले चलाएको सशस्त्र युद्धमा समेत सामेल प्रकाशका दुई श्रीमती र दुई छोरा छन् ।

 

 

[contact-form][contact-field label=”Name” type=”name” required=”true” /][contact-field label=”Email” type=”email” required=”true” /][contact-field label=”Website” type=”url” /][contact-field label=”Message” type=”textarea” /][/contact-form]

Views: 294

प्रतिक्रिया (०)

सम्बन्धित खबर