झापा, मंसीर ४ । आसन्न प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्य निर्वाचनलाई प्रभावित पार्ने गतिविधिमा संलग्न रहेको आरोपमा जिल्ला प्रहरी कार्यालय झापाले तीन जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा तीनै जना विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका स्थानीय नेता तथा कार्यकर्ता रहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी उपरीक्षक विष्णु केशीले जनाकारी दिनुभयो ।
प्रहरी उपरीक्षक केशीका अनुसार कनकाई नगरपालिकाका जनसरकार प्रमुख देवी प्रसाई, झापा जिल्ला सदस्य शौगात भनिने कन्तोष कटुवाल र लीलावहादुर लावती रहेका छन् । उनीहरुलाई गए राति निर्वाचनलाई प्रभावित पार्ने गतिविधिमा संलग्न रहेको अबस्थामा नियन्त्रणमा लिएको बताइएको छ ।
यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
+1
+1
+1
+1
+1
+1
Views: 138