Aamsanchar

फाल्गुनन्दको स्मृति कार्यक्रममा राष्ट्रपति भण्डारी आउँदै

Author Image
बिहिवार, मंसिर ७, २०७४

इलाम,

राष्ट्रपति विद्यादेवी भण्डारी यही मंसिर १० गते इलामको चुलाचुलीमा हुने राष्ट्रिय विभूति फाल्गुनन्दको १६ औँ स्मृति कार्यक्रमका लागि आउने कार्यक्रम तय भएको छ ।

चुलाचुली गाउँपालिका–१ कमलस्थित फाल्गुनन्द बहुभाषिक पाठशालाको दोस्रो वार्षिकोत्सवका अवसरमा राष्ट्रपति भण्डारी आउने कार्यक्रम तय भएको नुमाङ्गेना सेवा संघका अध्यक्ष डम्बर तुम्बापोले बताउनुभयो ।

फाल्गुनन्दका अनुयायी चेला किरात धर्म संरक्षक गुरू लाफायाङ देवबहादुर तुम्बापोको ७५औँ जन्मोत्सव परेको छ । “यो अवसरमा राष्ट्रपतिलाई निमन्त्रणा गरेका हौँ, उहाँ आउने पक्का भएको छ”– अध्यक्ष तुम्बापोले भन्नुभयो ।

राष्ट्रपति भण्डारीले राष्ट्रिय विभूति फाल्गुन्दको स्मारक अनावरण गर्ने, समाजसेवी, दातालगायतका विभिन्न व्यक्तित्वलाई सम्मान गर्ने कार्यक्रम छ ।

विसं २०७२ देखि शुरू गरिएको पाठशालामा अहिले ८० जना बालबालिका अध्ययनरत छन् । किरात लिपिअन्तर्गत पढाइ हुने पाठशालामा स्थानीय सबै जातजातिका बालबालिका अध्ययनरत रहेको अध्यक्ष तुम्बापो बताउनुहुन्छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 129

प्रतिक्रिया (०)

सम्बन्धित खबर