झापा,

बन्दको हल्ला चलेसंगै झापामा सामान्य रुपमा मात्रै सवारी सञ्चालनमा आएको छ । बन्द कर्ता सडकमा देखा नपरेपनि झापाका अधिकाशं स्थानमा कम रुपमा सवारी सञ्चालनमा आएको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले जनाएको छ । हल्लै हल्लामा भएको बन्दका कारण झापाका अधिकांश शिक्षण संस्थाहरु बन्द रहेका छन् ।

झापाका कांकरभिट्टा, बिर्तामोड, दमक, भद्रपुर लगायतका स्थानमा छिटफुट रुपमा मात्रै पसलहरु सञ्चालनमा रहेको प्रहरीले जनाएको छ । अचानक भएको बन्दका कारण गन्तब्यमा हिडेका यात्रुहरु भने बीच बाटोमाम नै अलपत्र परेका छन् ।
यसैबीच नेत्रबिक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले शुक्रबार नेपाल बन्द आह्वान नगरेको जनाएको छ । शुक्रबार बन्द भन्दै चर्चा भएपछि विप्लव समूहले नेपाल बन्द नरहेको प्रष्ट पारेको हो ।

प्रहरीले धमाधम आफ्ना नेता कार्यकर्ता पक्राउ गर्न थालेपछि भूमिगत भएका एक नेताले केहीसञ्चार माध्यममासंग सम्र्पक गरेर भने ‘हामीले बन्द आह्वान गरेका छैनौं । हल्ला कहाँबाट आयो थाहा छैन ।’

