धनकुटा,

उद्योग मन्त्री तथा राष्ट्रिय प्रजातन्त्र पार्टी प्रजातान्त्रिकका प्रतिनिधि सभाका उम्मेदवार सुनीलबहादुर थापालाई लक्षित गरी धनकुटामा आज विष्फोट गराईएको छ ।

धनकुटाको खाल्सा छिन्ताङ सहिद भूमी गाउँपालिकाको साप्तिङटार नजिक फक्सिङ खोलामा अज्ञात समुहले विहान सााढे ७ बजेतिर विष्फोट गराएको हो । प्रहरी प्रमुख सुदिप राजभण्डारीले विष्फोट भएको पुष्टि गर्दै विस्तृत विवरण आउन बाँकी रहेको बताउनुभयो ।
घटनास्थलतर्फ प्रहरी परिचालन गरिएको राजभण्डारीले जानकारी दिनुभयो । राप्रपा प्रजातान्त्रिकका महामन्त्री समेत रहेका थापा चुनावी अभियानका क्रममा साप्तिङटार जादै हुनुहुन्थ्यो ।

मन्त्री चढेको गाडीलाई लक्षित गरेको भए पनि मन्त्री सवार गाडी घटनास्थलबाट करिब २ सय मिटर अगाडी बढिसकेकाले कुनै क्षति नभएको स्थानीयले बताएका छन् ।
Views: 132

