Aamsanchar

झडपमा एकजना घाइते

Author Image
शुक्रवार, मंसिर ८, २०७४

रुकुम, 

नेकपा (माओवादी केन्द्र) र नेपाली काँग्रेसका कार्यकर्ताबीच झडप हुँदा एकजना गम्भीर घाइते भएका छन् ।

झडपमा परी सानीभेरी गाउँपालिका–७ का वडाध्यक्ष कुलबहादुर बुढाकी श्रीमती कल्पना घाइते भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

बिहीबार साँझ मुसिकोटमा भएको चुनावी सभामा सहभागी भएर घर फर्कंदै गर्दा माओवादी केन्द्रका कार्यकर्ताले काँग्रेस कार्यकर्ता चढेको गाडीमा ढुंगामुडा गरेपछि दोहोरो झडप भएको हो । झडपमा घाइते भएकी कल्पनालाई चौरजहारी अस्पतालमा उपचार हुन नसकेपछि थप उपचारका लागि नेपालगञ्ज लगिएको उहाँका श्रीमान् कुलबहादुरले जानकारी दिनुभयो ।

झडपमा सहभागी चारजनालाई प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक राजेन्द्र धमलाले जानकारी दिनुभयो ।

Views: 202

प्रतिक्रिया (०)

सम्बन्धित खबर