Aamsanchar

करेन्ट लागेर चालक र सहचालकको मृत्यु

Author Image
शुक्रवार, मंसिर ८, २०७४

दाङ,

दाङको देउखुरीको राप्ती खोलामा टिपर सफा गर्ने क्रममा बिहीबार बेलुकी करेन्ट लागेर टिपरका चालक र सहचालकको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालयका अनुसार मृत्यु हुनेमा मकवानपुर जिल्ला वडीगाउँ नगरपालिका निवासी चालक २८ वर्षीय चन्द्रबहादुर वाइबा र सहचालक १७ वर्षीय कुमार थिङको मृत्यु भएको हो ।

अर्घाखाँची सिमेन्ट उद्योगमा समान झारेर नजिकै रहेको खोलामा टिपरको पछिल्लो भाग उठाएर सफा गर्ने क्रममा नजिकै रहेको विद्युत् हाइटेन्सनको करेन्ट प्रवाह भएर मृत्यु भएको प्रहरीले जनाएको छ । घटनाबारे मृतकका परिवारमा जानकारी गराइसकेको मृतकको शव परीक्षणका लागि लमही अस्पतालमा राखिएको बताइएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 167

प्रतिक्रिया (०)

सम्बन्धित खबर