Aamsanchar

झापाका उम्मेद्वारका घर लक्षित बम आक्रमण

Author Image
शनिवार, मंसिर ९, २०७४

झाप।

आगामी मंसीर २१ गते हुने प्रतिनिधि र प्रदेशसभाको निर्वाचन नजिकीएसंगै झापामा उम्मेद्वारको घरमा लक्षित गरे बम आक्रमण बढेको छ । शुक्रबार राती एकै पटक एमाले अध्यक्ष केपी शर्मा ओली र कांग्रेस नेता उद्धव थापाको घरलाई लक्षित गरेर बम आक्रमण भएको प्रहरीले जनाएको छ ।

झापा दमकमा रहेको नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको घर अगाडी बम बिस्फोट भएको छ । ओली निवासमा दमकका नगर प्रमुख रोम ओली बस्दै आएका छन् । घर अगाडी सडकमा राखिएको एउटा बम बिहान ४ बजे बिस्फोट भएको थियो । बम बिस्फोटको आवाजले स्थानीय त्रसित भएका थिए । सँगै रहेको अर्को बम डिस्पोजल गर्न नेपाली सेनाले तयारी गरिरहेको छ ।

यता नेपाली कांग्रसका नेता उद्धव थापाको घरमा अज्ञात समुहद्धारा बम विस्फोट भएको प्रहरीले जनाएको छ ।

Views: 80

प्रतिक्रिया (०)

सम्बन्धित खबर