Aamsanchar

सिटौलाले झापा-३ मा ल्याए ३ अर्बको बिकास, यसकारण जित्छन् चुनाव

Author Image
आइतवार, मंसिर १०, २०७४

भद्रपुर ।

झापा क्षेत्र नं. ३मा नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाको पहलमा तीन अर्ब रुपैयाँभन्दा बढीका विकास आयोजनाहरु सञ्चालन भएका छन् ।

झापा ३बाट यसअघि निर्वाचित भएका सिटौलाले आफ्नो क्षेत्रको विकास र समृद्धिलाई मुख्य प्राथमिकतामा राखेर तीन अर्बभन्दा बढीका एक सय८१ वटा विकास निर्माणका योजनाहरु सञ्चालनमा ल्याइएको बताइएको छ ।

नेपाली कांग्रेसभित्र प्रभावशाली नेताको रुपमा चिनिएका पूर्व उपप्रधानमन्त्री समेत भइसकेका सिटौला यसपटक पनि झापा ३बाट प्रतिनिधिसभा सदस्य पदको उम्मेदवार बनी चुनावी मैदानमा छन् ।

नेपालको शान्ति प्रक्रियामा अग्रणी भूमिका निर्वाह गरेका सिटौला विस्तृत शान्ति सम्झौताको सूत्रधार थिए ।

झापा ३को गाउँ दुरदराजसम्म पुग्दा युवादेखि बृद्धबृद्धासम्मले आफ्नो क्षेत्रको समृद्धिका लागि सिटौलाले पु¥याएको योगदानको प्रशंसा गर्दै पुनःजितको शुभकामना मात्र दिएका छैनन्, पूर्ण रुपमा सघाउने प्रतिबद्धता समेत जनाइरहेको बताइन्छ ।

विकासप्रेमी भएकै कारण सिटौलाले यसपटक पनि चुनाव जित्ने निश्चित भएको उनका शुभचिन्तकको दावी छ । सिटौलाको पहलमा चारआली केचना ४० किलोमिटर सडक अहिले धमाधम निर्माण भइरहेको छ ।
त्यस्तै भद्रपुर–राजगढ २० किलोमिटर हुलाकी सडकको काम पनि धमाधम भइरहेको छ । चन्द्रगढीमा भौतिक विकासको महत्वपूर्ण आधार गिरिजाप्रसाद कोइराला स्मृति सभागृह समेत उनकै पहलमा निर्माण भइरहेको छ ।

जलथलबाट बाहुनडाँगीसम्म हात्ती नियन्त्रणका लागि ८ करोड रुपैयाँको बजेट स्वीकृत गराई २ करोड रुपैयाँ उनकै पहलमा निकासा भइसकेको छ । मेची अञ्चल अस्पताललाई मेडिकल कलेजको रुपमा स्थापना गर्नका निम्ति ३३ करोड रुपैयाँ यसैबर्षको बजेटमा समावेश भइसकेको छ ।

सिटौलाकै पहलमा मेची अञ्चल अस्पतालमा आइसीयू कक्ष र हेमोडाइलोशिस सेवा समेत सुचारु भएको अस्पताल विकास समितिका अध्यक्ष तथा नेपाली कांग्रेस झापाका कार्यवहाक सभापति राम कट्टेल बताउँछन् ।

कृष्णप्रसाद सिटौलाले के के गरे झापा ३ मा ?


झापा क्षेत्र नं ३ मा नेपाली कांग्रेसका कृष्णप्रसाद सिटौलाले पहिलो पटक आफ्नो कार्यकाल पूरा गर्नु भएको छ । वहाँ संविधान सभामा संविधान मस्यौदा समितिको सभापति बन्नु भयो र संविधान निर्माण जस्तो महत्वपूर्ण जिम्मेवारीलाई सफलतापुर्वक सम्पन्न गर्नु भयो । नेपाली कांग्रेसका तत्कालीन सभापति गिरिजाप्रसाद कोइरालाको नेतृत्वमा रहेर शान्ति प्रकृया एवं संविधान निर्माणमा वहाँले पु¥याउनु भएको योगदानलाई सिंगो राष्ट्रले सदैव स्मरण गर्नेछ । वहाँको कार्यकालमा झापा क्षेत्र नं. ३ मा रु. तीन अरब भन्दा बढीका विकास आयोजनाहरु आएका छन् जो निम्नानुसार छन् ।
१. चारआली–केचना सडक (४० कि.मी.) ।
२. हुलाकी सडक (भद्रपुर—राजगढ ) २० कि.मी. ।
३. गिरिजाप्रसाद कोइराला स्मृति सभागृह, भद्रपुर ।
४. हात्ती आतंकलाई नियन्त्रण गर्नका लागि वन तथा भुसंरक्षण मन्त्रालयवाट निर्णय गराई कचनकवल, बाह्रदशी, भद्रपुर लगायत हात्ती पीडित क्षेत्रमा विशेष कार्यक्रम संचालनका लागि रु ८ करोड बजेट स्वीकृत गराई रु. २ करोड निकासा भई कार्य प्रारम्भ भएको ।
५. मेची अञ्चल अस्पताललाई मेडिकल कलेजको रुपमा स्थापना गर्नका निम्ति प्रकृया अगाडि बढी ३३ करोड यसै आ.व.को बजेटमा समावेश भएको ।
६. जिल्ला सदरमुकाम बचाउ कार्यक्रम अन्तर्गत भद्रपुरमा मेची, देवनिया र हडिया तटबन्धन ।
७. भद्रपुर नगरपालिका एकीकृत विकास परियोजना (बहुवर्षिय कार्यक्रम) (वार्षिक ५० करोड वजेट विनियोजन ) ३ वर्ष ।
८. सुपरजोन क्षेत्र (धानखेतीका लागि) घोषणा ।
९. सगरमाथाचोक साविक पृथ्वीनगर वाड नं. ५, ३, १ सिंगीमारी पुल हुँदै बालुवाडी वाड नं. ३, ९ गाविस सडक (निर्वाचन क्षेत्र सडक कार्यक्रम अन्र्तगत) १५ कि.मी. ।


१०. मेची पुल निर्माण कार्य सम्पन्न हुन लागेको (तत्कालीन मन्त्री रमेश लेखकलाई अवलोकन गराई बाङ्गिएका पिलरहरु सोझ्याउने कार्य गरिएको) ।
११. किचकबध रिङरोड सर्भे भएको ।
१२. जलथल अधिकारी चोकवाट जंगल हुँदै दल्की घेरावारी सडक कार्य प्रारम्भ ।
१३. केचना चक्रपथ कार्य प्रारम्भ ।
१४. पाठामारी–बालुवाडी सडक (१५ कि.मी) (पाठामारी, बनियानी, बालुवाडी, पथरिया हुँदै घेराबारी) कार्य प्रारम्भ ।
१५. आँपगाछी, किचकवध, भंैसावाडी सडक ठेक्का प्रकृया ।
१६. भद्रपुर नपा–१, धिमालधुरा–पृथ्वीनगर सडक सर्भे भएको । १७. शहीद नेत्रमार्ग गरामनी–जलथल चारकोसे जंगल हँुदै पथरिया ३२ कि.मी. सडक सर्भे भएको ।
१८. पथरिया–८, सुकुनाडिगी चोकवाट बगानबजार हँुदै घेरावारी गाविस सम्मको सडक कार्य प्रारम्भ ।
१९. बनियानी बरझोडा पुलदेखि केचना सम्मको सडक सर्भे भएको ।
२०. मेची लोकमार्ग बांगाडागी पथरिया ८ हुँदै घेरावारी सडक कार्य प्रारम्भ ।
२१. भद्रपुरदेखि मोरंग मोतीपुर जोड्ने सडक सर्भे भएको ।
२२. श्री राधाकृष्ण मन्दिर बालुवाडी–२ ।
क्रमागत आयोजनाहरु ः
२३. शहीद चन्द्रमणी मार्ग बालुवाडी ८ देखि २ हुँदै वडा नं. ९ सम्म जोड्ने सडक स्तरोन्नति ।
२४. मेची लोकमार्ग बागाडाँगी पथरिया ८ हुँदै घेरावारी सडक स्तरोन्नति ।
२५. बनियानी चोक देखि सिंगीमारी चोक सम्मको बाटो स्तरोन्नति ।
२६. हल्दिबारी १ बाट जलथल २ हुँदै मेजरनी चोक जलथल बाटो स्तरोन्नति ।
२७. जलथल कंचनश्री बजार हुँदै विर्तामोड जाने वाटो स्तरोन्नति ।
२८. भगवती मन्दिर घेरावारी २ बाट पश्चिम दक्षिण सीमाना जोड्ने झरमनटोल सडक ग्राभेल ।
२९. नेत्रमार्ग सडक खण्ड स्तरोन्नति, वडावारी जलथल ।
३०. पाठामारी १ हुँदै ३, ८, ९ सम्म जाने सडक ग्राभेल ।
३१. जानकी मार्ग साविक भद्रपुर १५ स्तरोन्नति ।
३२. पृथ्वीनगर लाहुरेचोक दक्षिण वनियानी हुँदै पाठामारी जोड्ने सडक स्तरोन्नति ।
३३. भद्रपुर उषा गुरुङको घर पश्चिमवाट दक्षिण अम्विका लुइटेलको घर हुँदै पोखे्रल टोल जाने नाला तथा सडक ग्राभेल ।
३४. पृथ्वीनगर ४ जय खड्काको घर पुर्व गुरुङको घर मिलनचोक हुँदै चन्द्रभानु मा.वि. त्रिवेणी चोक सडक ग्राभेल ।
३५. शहीद चन्द्रमणी मार्ग बालुवाडी २ देखि ९ सम्मको नयाँ वाटो मर्मत तथा स्तरोन्नति ।
३६. किराँत कल्याण सामुदायिक भवन, भद्रपुर–७ ।
३७. किराँत याक्थुम चुम्लुङ, पृथ्वीनगर, सोमवारे भवन निर्माण ।
३८. बाल सामुदायिक भवन, बनियानी ।
३९. महिला सामुदायिक भवन, साविक पृथ्वीनगर–५ ।
४०. शहीद चन्द्रमणी भट्टराई प्रतिष्ठान, बालुवाडी –२ ।
४१. नारी सीप विकास केन्द्र, बनियानी ।
४२. चन्द्र भानु मा. वि. छेउ बक्स पुल निर्माण, साविक पृथ्वीनगर ४ ।
४३. सरस्वती आधारभूत विद्यालय पथरिया, दल्की –७ ।
४४. सीता आधारभूत विद्यालय, पृथ्वीनगर –६ ।
४५. श्री कृष्ण प्रणामी सत्संग सेवा समितिको भवन निर्माण पथरिया–३, श्री कृष्ण प्रणामी मन्दिर मर्मत, पथरिया–८ ।
४६. श्री कृष्ण प्रणामी सत्संग सेवा परिषद्को भवन निर्माण तथा परिसर सुधार, भद्रपुर–१० ।
४७. उत्रासु गंगा मन्दिर परिसर मर्मत सुधार, बनियानी–३ ।
४८. पथरिया नयाँ हाटमा कृषि वजार निर्माण ।
४९. पृथ्वीनगर सोमवारे कृषि वजार निर्माण ।
५०. बनियानी वजारमा कृषि वजार निर्माण ।
५१. गौरीशंकर खानेपानी आयोजना, पृथ्वीनगर–५ ।
५२. सोमवारे खानेपानी आयोजना, पृथ्वीनगर–६ ।
५३. सुकुनाडिगी खानेपानी आयोजना, पृथ्वीनगर–८ ।
५४. दल्की खानेपानी आयोजना, पथरिया ।
५५. बालुवाडी खानेपानी आयोजना, बालुवाडी–२ ।
५६. जलथल खानेपानी आयोजना, जलथल ।
५७. केचना खानेपानी आयोजना, केचना ।
५८. घेरावारी खानेपानी आयोजना, घेरावारी ।
५९. बनियानी खानेपानी आयोजना, बनियानी ।
६०. महेशपुर खानेपानी आयोजना, महेशपुर ।
६१. पाठामारी खानेपानी आयोजना, पाठामारी ।
६२. लक्ष्मी प्रसाद देवकोटा मा.वि. पथरिया–८, कम्पाउण्ड वाल ।
६३. सगरमाथा मा.वि. पृथ्वीनगर, कम्पाउण्ड वाल ।
६४. जानकी मा.वि. बालुवाडी–१, कम्पाउण्ड वाल ।
६५. जनज्योती आधारभूत विद्यालय. बालुवाडी–९, कम्पाउण्ड वाल ।
६६. जनता प्रा.वि. बालुवाडी–२, कम्पाउण्ड वाल ।
६७. भद्रकाली (श्री दुर्गा भवानी मन्दिर), बालुवाडी–२ ।
६८. शिव मन्दिर बालुवाडी– ८ मर्मत ।
६९. श्री कृष्ण वेद विद्याश्रम गुरुकुल भवन निर्माण, महेशपुर–८ हाल भद्रपुर ।
७०. मोती मा.वि. पथरिया–१, भवन निर्माण ।
७१. महेशपुर मन्त्री चोकदेखि ज्ञानेचोक सम्मको सडक स्तरोन्नति ।
७२. पृथ्वीनगर भीमनगर चक्रपथ स्तरोन्नति ।
७३. किचकवध गुरुयोजना ।
७४. केचना पर्यटकीयकार्यक्रम अन्र्तगत झील निर्माण (माछा पोखरी) ।
७५. जानकी मा.वि. बालुवाडी–१ भवन निर्माण तथा मा.वि. दरवन्दी स्वीकृत ।
७६. सगरमाथा मा.वि. पृथ्वीनगर–१, भवन निर्माण तथा मा.वि. दरवन्दी स्वीकृत ।
७७. पथरिया मा.वि. दरवन्दी स्वीकृत ।
७८. हिमाली मा.वि. भवन निर्माण ।
७९. बनियानी मा.वि. भवन निर्माण ।
८०. पथरिया मा.वि. भवन निर्माण ।
८१. अरनिको मा.वि. भवन निर्माण ।
८२. पृथ्वीनगर खेल मैदान निर्माण, पृथ्वीनगर ।
८३. भद्रपुर मा.वि. खेल मैदान निर्माण ।
८४. बनियानी खेल मैदान निर्माण ।
८५. पथरिया मा. वि. खेल मैदान ।
८६. जलथल ५ झोलुङ्गे पुल ।
८७. गौतमवुद्ध आधारभूत विद्यालय भद्रपुरको भवन मर्मत, पृथ्वी आधारभूत विद्यालय भवन निर्माण ।
८८. वीरेन्द्र नमुना क्याम्पस, चन्द्रगढी ।
८९. महेन्द्ररत्न मा.वि., केचना ।
९०. आमवाडी आधारभूत विद्यालय, पथरिया ।
९१. रामज्योती आधारभूत विद्यालय, जलथल ।
९२. सिंहदेवी आधारभूत विद्यालय, पृथ्वीनगर ।
९३. जानकी आधारभूत विद्यालय, पाठामारी ।
९४. मेची आधारभूत विद्यालय, महेशपुर ।
९५. शान्ति प्रा.वि., जलथल ।
९६. जलथल गाविस भवन निर्माण ।
९७. बनियानी इप्रका भवन निर्माण ।
९८. चन्द्रभानु मा.वि., पृथ्वीनगर–४, कम्पाउण्ड वाल प्रस्तावित ।
९९. मातातीर्थ मन्दिर तथा सामुदायिक भवन, पृथ्वीनगर–५ ।
१००. जलथल देवनिया नदीमा पुल ।
१०१. पथरिया–केचना अंगुलफुट्टा नदीमा पुल ।
१०२. पाठामारी झिङ खोलामा पुल (वडा नं. ३ र ९ को) । १०३. बालुवाडी वडा नं. १ र ४ को बालुवाखोलामा पुल ।
१०४. भद्रपुर राजगढ सडक अन्तर्गत अदुवाखोला, भुसुडी खोला र भुतेनी खोलामा पुल निर्माण ।
१०५. पृथ्वीनगर बाघे खोलामा पुल ।
१०६. पृथ्वीनगर अरनिको मा.वि. नजिक खोलामा पुल ।
१०७. पथरिया–डाकुपाडा पुल ।
१०८. घेरावारी अदुवा खोलामा पुल ।
१०९. पथरिया–१ जमुना खोलामा पुल ।
१०९. बालुवाडी–२ चन्द्रमणी मार्गमा पर्ने बालुवा खोलामा पुल ।
११०. देवनिया पुल, भद्रपुरको साविक वडा नं. १३, १५ जोड्ने काफ्ले टोल सर्भे सम्पन्न ।
१११. देवनिया खोला, पृथ्वीनगर–४ तट बन्धन ।
११२. देवनिया खोला, पृथ्वीनगर (माझी वस्ती) तट बन्धन ।
११३. देवनिया खोला, जलथल –१ देवीवस्ती, लालीगुराँस टोल तटबन्धन ।
११४. बाहुनढोका पुल संरक्षण, साविक जलथल–८ , ९ तटबन्धन ।
११५. मेची नदी नियन्त्रण पाठामारी–५ तट बन्धन
११६. मेची नदी तटबन्धन (भद्रपुर–१–वैसावाडी वस्ती संरक्षण) ।
११७. पथरिया–७ पूर्व बालुवाडी–४ पश्चिममा पर्ने (बालुवा खोलामा तटबन्धन) ।
११८. बालुवाडी वडा नं. १, ९ र २ को बालुवाखोलामा तटबन्धन ।
११९. मेची नदीमा झोलुङ्गेपुल (भीमनगर–मेचीपारी महेशपुर–२) ।
१२०. मेची नदीमा झोलुङ्गेपुल (पाठामारी–मेचीपारी) ।
१२१. विरिङ नदीमा झोलुङ्गेपुल (घेरावारी–५, पिण्डालवारी) सर्भे सम्पन्न ।
१२२. केचना स्वास्थ्य चौकी भवन ।
१२४. पाठामारी स्वास्थ्य चौकी ।
१२५. बनियानी स्वास्थ्य चौकी ।
१२६. पथरिया स्वास्थ्य चौकी ।
१२७. महेशपुर स्वास्थ्य चौकी ।
१२८. घेरावारी स्वास्थ्य चौकी ।
१२९. पृथ्वीनगर स्वास्थ्य चौकी ।
१३०. जलथल स्वास्थ्य चौकी । माथि उल्लेखित सवै स्वास्थ्य चौकीहरुलाई एम्बुलेन्स उपलव्ध गराउने निर्णय भई कार्यान्वयनको चरणमा रहेको छ । १३१. मेची नदी, देवनिया खोला, हडिया खोला नियन्त्रण तटबन्धन (भद्रपुर देवीवस्ती, पाठामारी, भैंसावाडी, भीमनगर, किचकवध, भच्चकवस्ती दक्षिण पृथ्वीनगर, माझीटोल–महेशपुर, काफ्ले टोल, अल्छिया वस्ती, पुहाँतुवाडी चन्द्रगढी) ।
१३२. आँपगाछी वागडुकरा सिँचाई योजना, महेशपुर ।
१३३. आदर्श जनजागृति सिँचाई योजना, भद्रपुर–४ ।
१३४. झिलमिले खोला सिँचाई योजना, महेशपुर ।
१३५. शारदा कुलो सिँचाई योजना, पृथ्वीनगर ।
१३६. कमलपैनी सिँचाई योजना, पृथ्वीनगर–२ ।
१३७. सरस्वती कुलो सिँचाई योजना, पृथ्वीनगर–१ ।
१३८. संगम पैनी कुलो मर्मत, पृथ्वीनगर–८ ।
१३९. अमर पैनी सिंचाई प्रणाली, पृथ्वीनगर ।
१४०. सितलादेवी भुसुडी वाँध पैनी सिंचाइ योजना, जलथल –१ ।
१४१. त्रिवेणी सिँचाई योजना, घेरावारी–पृथ्वीनगर–१ ।
१४२. अंगुलफुट्टा सिँचाई योजना, घेरावारी सिँचाई योजना, पथरिया केचना ।
१४३. देवनिया पाथीभरा सिँचाई योजना, महेशपुर १ पृथ्वीनगर–४ ।
१४४. जमुनाखोला सिंचाई योजना, घेरावारी ।
१४५. भुतेनी सिंचाई योजना, जलथल ७, ८, ९ ।
१४६. राजकुलो पक्की वाँध पैनी निर्माण, पृथ्वीनगर ८, ९ ।
१४७. वैकल्पिक उर्जाबाट विभिन्न मन्दिर, सामुदायिक भवन र विद्यालयहरुमा सोलार जडान (८०÷२० कार्यक्रम) ।
१४८. पद्म च्छोलिङ गुम्वा, पृथ्वीनगर –५ ।
१४९. मदरसा, केचना ।
१५०. झापा क्षेत्र नं. ३ को विद्युत विस्तारको लागि इष्टिमेट तयार गरी पोल, तार र ट्रान्सफरमर उपलब्ध गराइएको ।
१५१. झापाचोक भद्रपुर–विर्तामोड सडक (म्एच्) तयार भई ठेक्का भएको) १२.१६ कि.मी. (मेचीपुल–विर्तामोड) ।
१५२. महेशपुर रंगेडाँडाका २४ विस्थापित परिवारलाई २०३४ सालमा बसोबास गराइएकोमा जग्गाधनी प्रमाणपुर्जा नदिएकोले मन्त्री परिषद्वाट निर्णय गराई जग्गाधनी प्रमाण पुर्जा दिलाइएको ।
१५३. जलथल काजली मंगलवारे हुँदै अधिकारी चोक सडक ।
१५४. पथरिया–६ डाकुपाडा हात्तीपाला डाँगीवारी खण्ड बाटो स्तरोन्नति ।
१५५. पथरिया–८ सुकुनाडिगी चोकदेखि वगान वजार हुँदै घेरावारी गाविस सम्मको सडक च्ब्ए बाट मर्मत ।
१५६. भद्रपुर अबला चित्र मन्दिरदेखि मेची नदीसम्मको बाटोको दुवै तर्फ नाला निर्माण ।
१५७. भद्रपुर सगरमाथा चोकबाट अम्विका रिजालको घरसम्म जाने पिच वाटो निर्माण ।
१५८. चन्द्रगढी बि.पी चोकवाट महेशपुर मन्त्री चोक हुँदै ज्ञानेचोक सम्मको सडक स्तरोन्नति ।
१५९. भद्रपुर शहरी सडक तथा मर्मत ।
१६०. भद्रपुर सडक तथा नाली निर्माण ।
१६१. चन्द्रगढी–लेखनाथ चोक अंजनीमोड महेशपुर सडक ।
१६२. शहीद सुरज विश्वास पार्क, भद्रपुर २ लाख ।
१६३. गायत्री मन्दिर सामुदायिक भवन, भद्रपुर–११ ।
१६४. केचना र घेरावारी गाविसमा सीमा सुरक्षा सशस्त्र, वेस क्याम्प (द्यएइ) स्थापना ।
१६५. घेरावारीमा २ वटा अस्थायी प्रहरी पोष्ट स्थापना ।
१६६. पृथ्वीनगरमा अस्थायी सशस्त्र प्रहरी वेस क्याम्प स्थापना । स्वीकृत भई कार्यान्वयनको चरणमा रहेका
योजनाहरुः
१६७. सुकुनाडिकी घेरावारी सडकमा पर्ने जमुना खोलामा पुल ।
१६८. बालुवाडी–३ डुमरगाछ बालुवा खोलामा पुल ।
१६९. सुकुनाडिकी घेरावारी सडकमा पर्ने पथरिया ८ वगान वजार नजिक अमलफट्ट खोलामा पुल ।
१७०. पथरिया गाविस वडा नं. ४ मियाँटोलबाट भूमी राजवंशीको घर हुँदै वडा नं.७ आमबारी प्रा.वि. जाने बाटो ।
१७१. पथरिया गाविस वडा नं.४ दुर्गाभिट्टा चोकबाट केचना गाविस जोड्ने नेत्रमार्ग स्तरवृद्धि पथरिया ४ र ७ ।
१७२. पथरिया गाविस वडा नं.४ कटुवाल चोकबाट घेरावारी जाने सडक, झापा ।
१७३. देवनिया खोला साविक केचना ७ पाठामारी ८ जाने झोलुङ्गेपुल ।
१७४. बालुवा खोला साविक बालुबारी हुँदै बुधबारे बजार जोड्ने झोलुङ्गेपुल ।
१७५. झोडा खोला साविक केचना ८ हुँदै साविक पाठामारी जोड्ने झोलुङ्गेपुल ।
१७६. देउनिया खोला साविक जलथल १ कुर्मीबस्ती हुँदै साविक भद्रपुर न.पा. जोड्ने झोलुङ्गेपुल ।
१७७. सोमबारे बाँध साविक पृथ्वीनगर–७ देवी मन्दिर पूर्व झोलुङ्गेपुल ।
१७८. देवनियाखोला साविक चन्द्रगढी–१ कलवलगुडि हुँदै साविक गरामनी ४ किसनभिट्टा जोड्ने झोलुङ्गेपुल ।
१७९. भुतेनीखोला साविक जलथल–९ कन्चन श्री बजार हुँदै राजगढ जोड्ने झोलुङ्गेपुल ।
१८०. भुतेनीखोला साविक जलथल–९ हुँदै गोलधाप जाने बाटो जोड्ने झोलुङ्गेपुल ।
१८१. दोस्रो संविधान सभाको निर्वाचन पछि नेपाली कांग्रेसका सभापति सुशिल कोइरालाको नेतृत्वमा वनेको सरकारले प्रत्येक निर्वाचन क्षेत्रमा, निर्वाचन क्षेत्र पूर्वाधार विशेष कार्यक्रम संचालन गरेको छ । राष्ट्रिय तथा जिल्ला स्तरिय आयोजनाहरु नपरेको वा कार्यान्वयन नभएको ठाउँमा साना–तिना विकास निर्माणका कार्यक्रमहरु यसवाट संचालन हुन थालेका छन् । निर्वाचन क्षेत्र पूर्वाधार विशेष कार्यक्रमको निर्णय निर्वाचित सांसदको संयोजकत्वमा गठित समितिले गर्दछ । त्यस अन्तर्गत र सांसद कोष अन्तर्गतका एक सय पचास भन्दा बढी योजनाहरुमा रकम विनियोजन भएका छन् । जो यसमा विस्तृत रुपमा समावेश गरिएको छैन ।

Views: 515

प्रतिक्रिया (०)