[देबु बानियाँ]
काँकरभिट्टा ।
त्रिभूवन नेपाल आर्मी काँकरभिट्टामा जारी मेची नेत्रालय काँकरभिट्टा गोल्डकपको सेमीफाइनलमा प्रवेश गरेको छ ।आइतवार भएको क्वाटरफाइनल खेलमा सुदुरपश्चिम ११ लाई ३–० को गोल अन्तरले हराउँदै सेमीफाइनमा नेपाल पुलिस क्बलसँगको भेटलाई पक्का गरेको हो ।
निर्धारित समयमा १–१ को बराबरीमा भएपछि खेल टाइब्रेकरमा गएको थियो । टाइब्रेकरमा सुदुरका खेलाडीहरुले प्रहार गरेको सबै बल पोष्ट बाहिर गएपछि आर्मीका लागि सेमीफाइनल खेलमा पुग्ने यात्रा सहज भएको हो । जितका लागि टाइब्रेकरमा आर्मीका नवयुग श्रेष्ठ, सन्तोष तामाङ, दिपक गुरुङले गोल गरेका थिए । कप्तान भरत खवासले प्रहार गरेको बल गोलरक्षक अनन्त शेखले बचाए ।
सुदुरका चेतन थारुको प्रहार पोष्टबाट बाहिरिया । नरेन्द्र चौधरी र राकेश हमालले हानेको प्रहार गोलपोष्टमा लागेर फ्रकिएपछि सेमीफाइनलको यात्रामा पूर्णविराम लागेको हो । गोलले पछि परेको सुदुरले खेललाई लयमा ल्याएको भए पनि टाइब्रेकरमा गोल गर्न नसक्दा अभागी सावित भएको थियो ।
खेलको ८ औँ मिनेटमा आर्मीका दिनेश हेनजनले गोल गरेका थिए । उनले वान भर्सेस वानमा विपक्षीको जाली चुमाउन सफल भएका थिए ।
खेलको १४ मिनेटमा आर्मीका भरत खवासको हेडर गोलालाई गोलरक्षक अनन्त शेखले बचाए । १८ औँ मिनेटमा भरत खवासको बल पोष्ट बाहिर गएको थियो । आधा दर्जन भन्दा धेरै गोल गर्ने मौका पाएको आर्मीले गोलमा परिणत गर्न सकेन । थुप्रै अवसरहरुमा भरत खवास गोल गर्नबाट चुके । राष्ट्रिय खेलाडीहरुले भरिएको आर्मीले सोचे अनुरुपको खेल प्रदशन गर्न नसक्दा स्कोर बढाउन नसकेको हो । आर्मी पहिलो हाफसम्म सुदुर पश्चिममाथि हावी भएको थियो । एकपछि अर्काे प्रहार गर्ने अवसर पाएको थियो आर्मीले ।
दोस्रो हाफमा लयमा देखिएको सुदुर पश्चिमले खेलको ५७ औँ मिनेटमा जीवन चौधरीले गोल गर्दै खेललाई बराबरीमा पु¥याएका थिए । खेललाई बराबरीमा पु¥याएपछि सुदुरको खेल निकै आक्रमक बनेको थियो । सुदुरका चेनत थारु, नरेन्द्र चौधरी,विष्णु गुरुङ, फिलिप तामाङले पाएका अवसरले जाली चुम्न नसक्दा दर्शकको समर्थन पाएको सुदुर घर फर्कन बाध्य भएको हो ।
खेलको म्यान म्याच आर्मीका दिनेश हेनजन घोषित भए । उनलाई मेची नेत्रालयले प्रदान गर्न नगद १० हजार प्रदान गरिएको थियो ।
सोमवारको खेल आयोजक काँकरभिट्टा फुटबल क्लब र हिमालयन शेर्पा काठमाडौँबिच हुने आयोजक क्लबका सदस्य रोशन काफ्लेले बताए ।