बिर्तामोड।

झापाली समाज युएई नेपाल सम्पर्क समिति झापाको आयोजनामा शनिवार बिर्तामोड सरसफाई गरी झापा सरसफाई अभियान शुरु गरिएको छ ।

संस्थाको आयोजना तथा इजरायल रिर्टन झापाली, रोट्रयाक क्लव अफ बिर्तामोड, हेल्पिङ हेण्ड, हामी छौं क्लव शिवसताक्षी, बिर्तामोड सरसफाई अभियान र दोमुखा सहकार्य युवा समूहको सहआयोजनामा बिर्तामोड सरसफाई गरिएको हो । कार्यक्रममा ट्राफिक प्रहरीको समेत सहभागिता रहेको थियो । बिर्तामोड सरसफाई अभियानको ७७औं हप्ताको सरसफाई कार्यक्रम अन्तर्गत उक्त कार्यक्रम गरिएको र सरसफाई अभियान झापाभर सञ्चालन गरिने बताइएको छ ।

सोही कार्यक्रमकाबीच झापाको अर्जुनधारा–६ स्थित अपाङ्ग बाल शिक्षा सरोकार केन्द्रमा रहेका बालबालिकाको शिक्षाका लागि १ लाख रुपैयाँको अक्षयकोष स्थापनार्थ रकम समेत हस्तान्तरण गरिएको थियो ।

कार्यक्रममा अपाङ्ग बाल शिक्षा सरोकार केन्द्रका अध्यक्ष कृष्णदेव दुलाललाई उक्त रकमको चेक प्रदान गरिएको थियो । चेक ग्रहण गर्दै दुलालले समाजले गरेको सहयोगको लागि धन्यवाद दिएका थिए । दाताहरुको भरमा सञ्चालन हुँदै आएको केन्द्रमा सहयोग गर्न उनले सबैसँग आग्रह समेत गरेका थिए ।
झापाली समाज युएई नेपाल सम्पर्क समिति झापाका संयोजक माइनस प्लस संग्रौलाको अध्यक्षता तथा बिर्तामोड नगरपालिकाका मेयर धु्रवकुमार शिवाकोटीको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा संस्थाका उपाध्यक्ष प्रेम सेढाईले स्वागत गरेका थिए ।
कार्यक्रममा अर्जुनधारा नगरपालिकाका मेयर हरिकुमार राना, समाजका केन्द्रीय सदस्य तथा अनुगमन विभाग प्रमुख मित्रलाल पोखरेल, सल्लाहकार प्रमुख भरत शिवाकोटी, समाजका पूर्वअध्यक्ष भूपाल शिवाकोटी, एक्सल बैंक बिर्तामोडका दिनेशकुमार पोखरेल लगायतले शुभकामना मन्तव्य राखेका थिए । कार्यक्रमको सञ्चालन समाजका नेपाल प्रतिनिधि सुनिल चौहान र समाजका सचिव वीरेन्द्र थापाले गरेका थिए ।

