Aamsanchar

झापा— ३ : सिटौला र लिङ्गदेनलाई टक्कर दिने जिल्लाकै कान्छो उम्मेदवार को हुन् ?

Author Image
सोमवार, मंसिर ११, २०७४

(पार्थ मण्डल)

भद्रपुर।

प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन नजिकिएसँगै झापा जिल्ला चुनावी चहलपहल बढेको छ । झापामा ‘हभीवेट’ उम्मेदवार प्रतिष्पर्दीमा रहेकाले जिल्लाभर चुनावी माहोल अहिले तातिएको छ । उम्मेदवार र दलका कार्यकर्ता अहिले घरदैलोमा पुगेर मतदातासँग भोट माग्न व्यस्त छन् । झापामा ‘हभीवेट’ उम्मेदवार चुनावी मैदानमा उत्रिएकाले सबैको ध्यान त्यसैतर्फ केन्द्रित छ ।

विशेषगरी झापा क्षेत्र नम्बर १, ३ र ५ निर्वाचन क्षेत्रतर्फ राजनीतिकदल र तिनका कार्यकर्ताको ध्यान बढी छ । तर, सबैको ध्यान ‘हभीवेट’ उम्मेदवार तर्फ केन्द्रित रहेका बेला जिल्लामै सबै भन्दा कान्छो उमेरका युवकले झापा क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा सदस्यको उम्मेदवार बनेर चर्चा बटुलेको छ । भद्रपुर नगरपालिका ८ स्थित फुलवारी चोक निवासी २५ बर्षिय साजन सुब्बा विवेकशील साझा पार्टीबाट उम्मेदवारी दिएका हुन् । उनको चुनाव चिन्ह तराजु हो । उनी क्षेत्रको नभएर जिल्लाकै सबैभन्दा कान्छो उम्मेदवार पनि हुन् ।

प्रतिनिधिसभा सदस्यका उम्मेदवार बनेका सुब्बा यस क्षेत्रका दुई जना ‘हेभिवेट’ उम्मेदवारलाई टक्कर दिन युवापुस्ताको तर्फबाट चुनावी मैदानमा उत्रिएका हुन् । यस क्षेत्रबाट नेपाली काँग्रेसका पूवमहामन्त्री कृष्णप्रसाद सिटौला र वाम गठबन्धनसंग चुनावी तालमेल गरेका राप्रपाका महामन्त्री राजेन्द्र लिङ्गदेनसहित १२ जना प्रतिनिधिसभा सदस्यको उम्मेदवार बनेका छन् । सिटौला र लिङ्गदेनको सामना गर्न विवेकशील पार्टीका सुब्बा उम्मेदवार बनेर युवा पुस्तालाई चुनौती दिन आटेका छन् ।

सुब्बाको उम्मेदवारीले मतदातालाई पनि चकित पारेको छ । उमेर नभएर राजनीतिक क्षेत्रमा समेत कान्छो मानिएका सुब्बा अहिले भोट माग्न मतदाताको घर, आँगनमा पुग्न थालेका छन् । पार्टीमा आवद्ध केही युवा लिएर मतदाताको घर, आँगनमा पुग्ने गरेका सुब्बाले प्रतिनिधिसभाको उम्मेदवार भनेर भोट माग्न थालेपछि मतदाता आफै आश्चर्यमा परेका छन् । मतदाता आश्चर्यमा परेपनि युवा पुस्ताबाट उम्मेदवार बनेको प्रति मतदाताले खुशी व्यक्त गरेको सुब्बाले सुनाए । उनले भने– “सिटौला र लिङ्गदेनलाई टक्कर दिन चुनावी मैदानमा उत्रिएका होइन, ‘राष्ट्र निर्माणको नेतृत्व तहमा युवाहरुको अर्थपूर्ण भूमिका सुनिश्चित गराउन मैले यस क्षेत्रबाट उम्मेदवारी दिएको हो, ।”

‘झापा क्षेत्र ३ को विकास हेरेर उदाक लागेर आउँछ, उनले भने– ‘यस क्षेत्रमा आर्थिक विकास नहुदाँ यस क्षेत्रबाटै हजारांै युवायुवती अहिले रोजगारीको सिलसिलमा बैदेशिक रोजगारीमा गएका छन् ।’ “बैदेशिक रोजगारीमा जाने उनीहरुको भविष्य सुरिक्षत गर्न राज्यपक्षले अहिले सम्म कुदै कदम चालेको छैन, ‘तिनहरु मतदानबाट पनि बञ्चित हुनु परेको छ, उनले भने– ‘युवाहरुलाई सीप, उद्यमशीलता र राष्ट्रिय गौरवसँग जोडेर स्वाभिमानी र देशभक्त पुस्तालाई प्रबद्र्धन गरी युवा नेपाल निर्माण गर्ने पार्टीगत उदेश्य लिएर चुनावमा आएको हुँ ।” ‘पहिलो पटक युवाले अवसर पाएकोले, यसलाई मतदाताले स्विकार्नेमा म विश्वस्त छु , उनले भने ।

को हुन् युवा उम्मेदवार सुब्बा ?

भद्रपुर नगरपालिका ८ निवासी साजन सुब्बा विद्यार्थी हुनुका साथै पेशाले कम्प्युटर सफ्टवेयरको काम गर्दै आइरहेका छन् । वीरेन्द्र मावि चन्द्रगढीबाट कक्षा १२ पास गरेका सुब्बा सोही बेलादेखि कम्प्युटर सफ्टवयेर सम्बन्धी ज्ञानसिप हासिल गरेका थिए । राजनीतिक क्षेत्रमा खासै चासो नराखेका सुब्बा कुनै दलमा आवद्ध थिएन । कम्प्युटर कामकाजमै व्यस्त रहेका सुब्बा दुई बर्षअघि विवेकशील नेपाली दलमा प्रवेश गरेका हुन् ।

युवा पुस्तालाई समेटिएर उज्जवल थापाले पार्टी खोलेपछि उनी राजनीतिक क्षेत्रमा प्रवेश गरे । झापामा विवेकशील नेपाली दलको विस्तार भएसँगै उनले त्यस बेला न्यायपालिका प्रमुख भएर जिम्मेवारी सम्हालेका थिए । भर्खरै रविन्द्र मिश्रको पार्टीसंग पार्टी एकिकरण भएपछि उनी हाल पार्टीको अनुशासन समितिको संयोजक भएर काम गर्दै आइरहेका छन् ।

उनी झापा क्षेत्र ३ का सक्रिय कार्यकर्ताको जिम्मेवारी पनि सम्हाल्दै आएका छन् । साथै भद्रपुरमा युवा सशक्तिकरण समाज स्थापना गरी युवाहरुलाई राष्ट्रिय युवा नीति एवं अवधारणाको बारे सुसूचित गराउदैं युवाहरुलाई सीप र सामाजिक उद्यमशीलतासँग जोड्न कार्य पनि उनी व्यस्त छन् । उनले युवा तथा खेलकुद मन्त्रालयको युवा परियोजना अन्तरग जिल्ला खेलकुद विकास समिति झापामा करिब तीन वर्षको कार्य अनुभव बटुलेको छन् । युवापुस्ताको नीति कागजमा मात्रै सिमित हुनु र कार्यान्वयन पक्षमा विविध जटिल समस्या देखेर नै विवेकशील साझा पार्टीमा आवद्ध भएको उनले आफ्नो अनुभव सुनाए ।

लुटतन्त्र र लम्पसारवादको अन्त्यको लागि मेरो उम्मेदवारी !

सुब्बा भन्छन्– “देशमा बढ्दो नीतिगत भ्रष्टाचार, लम्पसारवाद र लुटतन्त्र जरै देखि चिर्न देशमा इमान्दार युवा शक्ति नेतृत्व तहमा आउन जरुरी छ, ‘आखिर कहिले सम्म हामी नेपालीहरुले विदेशी उत्पादनको निर्भर भई तिनका दासत्व स्वीकार गर्ने, ?” “विकास र समृद्धिको लागि हामीले तिरको करले रोगी नेताहरुलाई स्याहर्ने कहिले सम्म, ‘देशका युवाशक्तिहरुलाई श्रम बेच्न विदेश पठाउने यही मुलुक परिर्वतन हो, उनले भने ।”

“देशको विकास भएन, पूर्वाधार बनेन, रोजगारी छैन, समाजिक सुरक्षा कमजोर भो भनेर चियापसल बसेर गफ गरेर कहिले सम्म बस्ने, ‘त्यसैले अव मुलुकको परिर्वतनसहितको निकास युवा पुस्तालाई दिनुपर्छ, सोही आत्मविश्वास लिएर चुनावी मैदानमा उत्रिएको हो, उनले भने – ‘म निर्वाचित भए सरकारी पारिश्रमिक, तलब–भत्ता यसै क्षेत्रको विकास र समृद्धिमा प्रयोग गर्नेछु ।’

Views: 112

प्रतिक्रिया (०)