Aamsanchar

काङ्ग्रेसको घरदैलो जारी

Author Image
सोमवार, मंसिर ११, २०७४

काँकरभिट्टा ।

नेपाली काङ्ग्रेस क्षेत्र नम्बर १ ले चुनावी प्रचार अभियानलाई निरन्तरता दिएको छ । मंसिर २१ गते हुने प्रतिनिधि तथा प्रदेश सभाको निर्वाचनका लागि काङ्ग्रेसले प्रचार अभियानलाई तिव्रता दिएको हो ।

हरेक दिन हुने कोणसभा तथा घरदैलो अन्तरगत सोमवार चन्द्रगढी, दुवागढी, काँरभिट्टा, दुवागढीलगायतको क्षेत्रमा पुगेर काङ्ग्रेस उम्मेदवारहरुले मतदातालाई मत मागेका थिए ।

प्रतिनिधि सभका उम्मेदवार विश्वप्रकाश शर्मा, प्रदेशसभा क का उम्मेदवार केशवराज पाण्डे, ख का उम्मेदवार अशोककुमार पोखरेल, समानुपातिक उम्मेदवार गोपाल तामाङ, तमर राई,, पूर्व सांसद उषा गुरुङ, क्षेत्रीय सभापति मणिकुमार उप्रेती, नगर सभापति इन्द्रबहादुर बुढाथोकी, पार्टीका कार्यबहाक सभापति राम कट्टेल, महासमिति सदस्य भरत सुब्बा, महासमिति सदस्य ताराबिर कटुवाललगायतको टोलीले घरदैलो अभियानमा सहभागि भएका थिए ।

उनीहरुले पार्टीले सक्षम र इमान्दार उम्मेदवार तय गरेर मतदाता समक्ष आएकाले मत दिएर विजय गराउन मतदातालाई आग्रह गरेका थिए ।

Views: 156

प्रतिक्रिया (०)

सम्बन्धित खबर