Aamsanchar

काङ्ग्रेस नेता सिटौलाको घरमा बम विष्फोट

Author Image
मङ्गलवार, मंसिर १२, २०७४

झापाः

केही दिन अघि मात्रै एमाले अध्यक्ष केपी शर्मा ओली र कांग्रेस झापाका सभापति उद्धव थापाको घरमा बम विष्ट गराएर चुनाव विरोधी गतिविधि भइरहेका बेला नेपाली काङ्ग्रेसका नेता एवम् प्रतिनिधि सभाका लागि झापा क्षेत्र नम्वर–३ का उमेद्वार कृष्णप्रसाद सिटौलाको झापा चन्द्रगढीस्थित घरको कम्पाउण्ड वालमा बम विष्फोट भएको छ ।

गएराति १ बजे घरको दक्षिणी पर्खालमा सुतली बम विष्फोट भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । विष्फोटबाट पर्खालमा सामान्य क्षति भएको छ । विष्फोटमा संलग्न भएको आरोपमा एक जनालाई नियन्त्रणमा लिइएको झापाका प्रहरी प्रवक्ता डीएसपी जीतेन्द्र बस्नेतले बताउनु भयो ।

चौविसै घण्टा नेता सिटौलाको घरमा सुरक्षा तैनाथी भए पनि बाहिरबाट पर्खालमा सुतली बम फ्याँकिएको प्रहरीले जनाएको छ । सिटौलाको घरमा सशस्त्र र नेपाल प्रहरीको टोलीले सुरक्षा दिइरहेको छ । सदरमुकाम नजिकै पनि कम पक्रिन थाले पनि झापामा सुरक्षा चुनौती बढेको स्थानीयको भनाई छ ।

Views: 132

प्रतिक्रिया (०)