Aamsanchar

बाम गठबन्धन उम्मेद्वारको घरदौलो

Author Image
बुधवार, मंसिर १३, २०७४

मेचीनगर, 

वामपन्थी, प्रगतीशिल राष्ट्रवादी गठबन्धनतर्फ झापा क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभाका उम्मेद्वार राम कार्की र प्रदेश सभा १ का उम्मेद्वार श्रीप्रसाद मैनालीले मेचीनगर नगरपालिका वडा नम्बर २ र ४ का मतदातासँग भेटघाट गरेका छन् ।

वाम गठबन्धनको क्षेत्रीय निर्वाचन परिचालन कमिटीका संयोजक विष्णु प्रसाईंका अनुसार गठबन्धनका उम्मेद्वारद्धय कार्की र मैनालीले आफ्ना समर्थक, शुभचिन्तकसहित सो वडामा मंगलबार घरदैलो तथा कोणसभा कार्यक्रम गरेका हुन् ।दोस्रो चरणमा हुन लागेको प्रतिनिधि र प्रदेश सभा चुनावको मिति नजिकिँदै गर्दा चुनावी प्रचार प्रसार अभियानलाई तीव्र बनाउने क्रममा गठबन्धनले सो वडाका विभिन्न स्थानमा घरदौलो र कोण सभासमेत गरेको छ ।

उम्मेद्वार कार्कीले समृद्ध मुलुक निर्माणका लागि गठबन्धनलाई अत्यधिक मतका साथ विजयी गराउन आग्रह गरे । उनले दुई तिहाई बहुमत नहुँदा कम्युनिस्टले जनताका पक्षमा अपेक्षित काम गर्न नसकेको स्विकार्दै यस पटक दुई तिहाई मत दिएर कम्युनिस्टको सत्ता परीक्षण गर्न मतदातासमक्ष अनुरोध गरे । ‘चेतनाको विकास विना, विकास भएको भौतिक पुर्वाधारको प्रयोग प्रभावकारी हुँदैन, कार्कीले भने—‘त्यसकारण हामी प्रणालीमा परिवर्तन गर्नेछौँ ।’

‘तपाईंहरुले यसअघिका चुनावमा पनि पटकपटक मत दिँदै आउनुभएको छ, सबैले गर्छौं पनि भनेकै हो्,’ कोण सभामा मतदातालाई विश्वास दिलाउँदै प्रदेश सभाका उम्मेद्वार मैनालीले भने–‘मंसीर २१ ले भाग्य र भविष्यको फैसला गर्दैछ, तपाईं ढुक्क भएर मत दिनुस्, खेर जान दिदैनौँ ।’मेचीनगर—२ र ४ को बौद्धमोड, पिपलबोट, मिनीमाउण्टेन, मगरगाँउ, आलडाँगी, भृकृटीको बरपिपल, दिपज्वातीलगायतमा चुनावी कार्यक्रम भएको थियो ।

कार्यक्रममा बाम गठबन्धनका नेताहरु रविन कोइराला, विष्णु प्रसाई,देवकुमार राई,कल्याण खड्का, बोधराज दाहाललगायतले चुनावी सभालाई सम्बोधन गरेका थिए ।त्यस्तै, प्रदेश सभा २ का उम्मेद्वार गोपालचन्द्र बुढाथोकीले बुद्धशान्ति—४ र ६ तथा भद्रपुर—१० का विभिन्न टोलमा घरदौलो र कोण सभा सम्पन्न गरिएको छ । घरदैलो गर्ने क्रममा चन्द्रगढी बजारको परिक्रमा गरेको गठबन्धनले वडाका सत्र बिघे, काफ्ले टोल, कलवलगुडी, सुकुम्वासी वस्ती, चैतुवारी, लेखनाथ चोक, वरपिपल चोक र धनुषमोडमा कोणसभा आयोजना गरिएको जनाएको छ ।

त्यस्तै बुद्धशान्ति—४ को शान्तिनगर र बुद्धशान्ति—५ को माथ्लो धिमाल टोलमा कोण सभा सम्पन्न भएको थियो । कार्यक्रममा बाम गठबन्धनका नेताहरु घनश्याम अधिकारी, असारु राजबंशी, श्यामविर लिम्बु, बृहस्पती खतिवडा, इन्द्र अधिकारीलगायतले सम्बोधन गरेको राजु धिमालले जानकारी दिए ।

Views: 192

प्रतिक्रिया (०)

सम्बन्धित खबर