दमक,

झापा दमकस्थित एक भुजिया उद्योगमा आज अपराह्न आगलागी हुदाँ करिब रु १० लाख मूल्य बराबरको क्षति भएको छ ।

दमक–६ स्थित भगवती भुजिया उद्योगमा विद्युत् चुहावट भएर लागेको आगलागीबाट उद्योगमा उत्पादित सामग्री तथा कच्चा पदार्थ नष्ट भएको उद्योग सञ्चालक टीका थापाले बताउनुभयो ।

दमक नगरपालिकाको दुई वटा वारुणयन्त्र र गौरादहको एक वारुणयन्त्रसहित स्थानीयबासीको सहयोगमा एक घण्टा लगाएर आगो नियन्त्रणमा लिइएको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ ।

Views: 154

