काठमाडौं ।
पत्रकारले आसन्न प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनका समयमा सामाजिक सञ्जाल प्रयोग निर्वाचन आचारसंहिताभित्रै रहेर गर्नुपर्नेमा सहभागीले जोड दिनुभएको छ ।
नेपाल पत्रकार महासंघले यहाँ आज गरेको ‘निर्वाचन र सामाजिक सञ्जाल’ विषयक अन्तक्र्रिया कार्यक्रममा निर्वाचन आचारसंहिताभित्रै रहेर गर्नुपर्ने सहभागीले जोड दिनुभएको हो । निर्वाचन आयोगका प्रवक्ता नवराज ढकालले सञ्चार माध्यमको सहयोगमा स्थानीय तहको निर्वाचन सम्पन्न भएकाले आसन्न निर्वाचनमा पनि सहयोग गर्नुपर्ने बताउनुभयो ।
उहाँले निर्वाचनका समयमा पर्याप्तमात्रामा सामाजिक सञ्जाल प्रयोग भइरहेको भन्दै पत्रकारले निर्वाचन आचारसंहिताभित्र रहेका सामाजिक सञ्जाल प्रयोग गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले मतदाता शिक्षालगायत धेरै कुरामा आयोगले फेसबुक, ट्वीटरजस्ता सामाजिक सञ्जाल प्रयोग गरेर निर्वाचनबारे जानकारी दिइरहेको बताउनुभयो ।
उहाँका अनुसार अहिलेसम्म करिब दुई हजार ३०० निर्वाचन आचारसंहिता उल्लंघन भएका छन् । प्रवक्ता ढकालले निर्वाचन आचारसंहिता उल्लंघन गरेका राजनीतिक दललाई स्पष्टीकरण सोध्ने गरेको बताउनुभयो ।
“निर्वाचन उल्लंघन गरेको भन्दै पार्टीलाई प्रश्न सोध्नु भनेको ठूलो कुरा हो”– उहाँले भन्नुभयो, “यो ठूलो कारबाही केही हुन सक्दैन ।” उहाँले चारवटै सुरक्षाकर्मीले निर्वाचनमा सुरक्षा दिइरहेको भन्दै केही घटना देखिए पनि केही दिनमा नियन्त्रणमा आउने दाबी गर्नुभयो ।
कार्यक्रममा नेपाल प्रहरीका प्रवक्ता मनोज न्यौपानले अहिले सामाजिक सञ्जालमा अपराध बढिरहेको भन्दै नयाँ कानून ल्याएरमात्र नियन्त्रण गर्न सकिने धारणा राख्नुभयो । उहाँले जानाजानी सामाजिक सञ्जालमार्फत अपराध बढेको भन्दै नेपाल प्रहरीले त्यसलाई रोक्ने प्रयासमा लागेको बताउनुभयो ।
कार्यक्रममा नेपाल पत्रकार महासंघका सल्लाहकार तीर्थ कोइरालाले पत्रकारले निर्वाचनका बेला सामजिक सञ्जालमा केही कुरा राख्नुपर्दा विचार पु¥याएर राख्नुपर्ने बताउनुभयो । उहाँले पत्रकारले राजनीतिक दलको खुलाआम सामाजिक सञ्जालमार्फत प्रचार गरिरहेको बताउनुभयो ।
कार्यक्रममा नेपाली काँग्रेस रामहरि खतिवडा, नेपाल पत्रकार महासंघका पूर्वकेन्द्रीय सदस्य उज्ज्वल आचार्य, रिपब्लिका दैनिकका प्रधानसम्पादक सुवास घिमिरेलगायतले निर्वाचनका बेला पत्रकारले आचारसंहिताको पालना गर्नुपर्नेमा जोड दिनुभयो ।