बिर्तामोड ।

झापाको बिर्तामोडमा बिकास र मानब अधिकार सम्बन्धि एक दिवसिय सचेतना तालिम सम्पन्न भएको छ । नेपाल आदिवासी जनजाति महासंघ नगर समन्वय समिति बिर्तामोडको आयोजना र लाहुर्निपको सहयोगमा सो तालिम सम्पन्न भएको हो ।

बिकास निर्माणको क्रममा आदिवासी जनजातिमा पर्ने प्रभाब र नेपालको संबिधानमा यसको बिषयमा समेटिएको अधिकारका बारेमा अधिबक्ता भिम राईले सहजीकरण गरेका थिए । तालिममा बिर्तामोड नगरक्षेत्रका २ दर्जन बढिको सहभागिता रहेको थियो । नगर समन्वय समिति बिर्तामोडका अध्यक्ष गोपाल राईको अध्यक्षतामा सम्पन्न तालिममा नेपाल आदिबासी जनजाति महासंघ जिल्ला समन्वय परिषद् झापाका अध्यक्ष पारसमणी राईको प्रमुख आथित्य रहेको थियो ।

कार्यक्रमका बिशेष अतिथी बिर्तामोड नगरपालिकाका मेयर ध्रुवकुमार शिवाकोटीले नेपाल आदिवासी जनजाती महासंघ बिर्तामोड नगरले नगरभित्र संचालन गरेको कार्यक्रमको प्रसम्सा गर्दै आगामी दिनमा नगरपालिकाले सक्दो सहयोग गर्ने प्रतिबद्धता ब्यक्त गरे ।

कार्यक्रममा आदिबासी जनजाति परिषद् समन्वय समितिका सल्लाहाकार प्रेम घिसिङ, प्रमुख अतिथी राई लगायतले शुभकामना मन्तब्य राखेका थिए । नगर समन्वय परिषद्का उपाध्यक्ष छत्र श्रेष्ठले स्वागत गरेको कार्यक्रम परिषद्का सह–सचिब रुपनारायण मुखियाले गरे ।

