Aamsanchar

आचारसंहिता विपरीतका झण्डा, टुल, व्यानर हटाइयो

Author Image
शनिवार, मंसिर १६, २०७४

झापा।

राजनीतिक दलले आचारसंहिता विपरीत झापा क्षेत्र नम्वर २ स्थित पूर्व पश्चिम राजमार्गको बिर्तामोड सडक खण्डको डिभाइडरमा राखिएका झण्डा, टुल, व्यानर  हटाइएको छ ।

निर्वाचन अनुगमन टोलीका घुम्ती अनुगमन टोली प्रमुख पदमवहादुर कार्कीको नेतृत्वमा आएको टोलीले आचारसंहिता विपरीत सडकको दुवै तर्फको डिभाइडरमा राखिएका झण्डा, टुल, व्यानर हटाएको हो ।

राजनीतिक दललाई आचारसंहिता विपरीतका झण्डा, टुल, व्यानर हटाउन पटक पटक निर्देशन दिएपनि अटेरी गरेपछि प्रहरीको सहयोगमा अनुगमन टोलीले आचारसंहिता विपरीतका झण्डा, टुल, व्यानर हटाउन सुरु गरेको घुम्ती अनुगमन टोली प्रमुख कार्कीले बताउनुभयो ।

अनुगमनका लागि निर्वाचन अनुगमन टोली प्रमुखका रुपमा स्थानिय विकास अधिकारी खेमराज ओझालाई तोकिएको छ । त्यस्तै क्षेत्र नं १ का लागि सहायक प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद पौडेल, क्षेत्र नं २ का लागि पदक कार्की, क्षेत्र नं ३ का लागि जिल्ला न्यायाधिवक्ता प्रेमप्रसाद न्यौपाने र क्षेत्र नं ४ का लागि ज्ञानेन्द्र ओझालाई अनुगमन टोली प्रमुख बनाइएको प्रमुख निर्वाचन अधिकृतको कार्यालय भद्रपुरले जनाएको छ ।

ओझाले झापा क्षेत्र नम्वर हेर्ने मुख्य निर्वाचन अधिकृत खिलराज रेग्मीले बताउनुभयो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 339

प्रतिक्रिया (०)

सम्बन्धित खबर