Aamsanchar

दोस्रो चरणको निर्वाचनका लागि १३ जिल्ला विशेष निगरानीमा

Author Image
शनिवार, मंसिर १६, २०७४

काठमाडौं : 

दोस्रो चरणमा निर्वाचन हुनेमध्ये १३ जिल्लालाई विशेष निगरानीमा राखी सुरक्षा वयवस्था कडा पारिएको छ। २१ मंसिरमा हुने प्रदेशसभा तथा प्रतिनिधिसभाको निर्वाचनका लागि सुरक्षाकर्मीहरू निर्वाचनस्थल जाने क्रममै ती जिल्लालाई संवेदनशील मानी निगरानीमा राखेको हो।

भारतसँग सीमा जोडिएका जिल्लामा सशस्त्र प्रहरी र नेपाली सेनाले संयुक्त गस्ती बढाएका छन्। ४५ जिल्लामा करिब दुई लाख ८० हजार सुरक्षाकर्मी खटिएका छन्। नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल तथा राष्ट्रिय अनुसन्धान विभागका गरी सो संख्याका सुरक्षाकर्मी खटिएका हुन्।

सुरक्षाव्यवस्था कडा बनाउने सरकारी नीतिअनुसार ठूलो संख्यामा सुरक्षाकर्मी खटिएका हुन्। मतदान स्थल सुरक्षाका लागि प्रहरी सहायक निरीक्षक तथा नायब निरीक्षकको नेतृत्वमा प्रहरी परिचालन हुनेछन्।

सुरक्षा बलियो बनाउन मतदान केन्द्रलाई साधारण, संवेदनशील र अतिसंवेदनशील गरी तीन तहमा विभाजन गरी सुरक्षा व्यवस्था मिलाएको गृह मन्त्रालयले जनाएको छ।-राजधानी दैनिकबाट

Views: 141

प्रतिक्रिया (०)