Aamsanchar

वरिष्ठ नेता खनालमाथिको आक्रमणको निन्दा

Author Image
शनिवार, मंसिर १६, २०७४

काठमाडौँ,

नेकपा (एमाले) ले पार्टीका वरिष्ठ नेता एवं प्रतिनिधिसभा सदस्य इलाम–१ का उम्मेदवार झलनाथ खनाललाई लक्षित गरी बम प्रहार भएकामा चिन्ता व्यक्त गरेको छ ।

निर्वाचन प्रचारका क्रममा रहनुभएका नेता खनाललाई इलाम सूर्याेदय नगरपालिका–३ तीनखुट्टेमा आक्रमण गरिएकामा एमाले केन्द्रीय निर्वाचन परिचालन कमिटीले आज विज्ञप्ति जारी गरी निन्दा व्यक्त गरेको हो ।

विभिन्न नेता र उम्मेदवारमाथि हमलाको शृंखला बढ्नुले सुरक्षामा प्रश्न उत्पन्न भएको जनाउँदै कमिटीका प्रवक्ता विष्णु रिमालले जारी गरेको विज्ञप्तिमा सुरक्षा प्रत्याभूतिको माग गरिएको छ ।

Views: 151

प्रतिक्रिया (०)

सम्बन्धित खबर