भद्रपुर।

नेपाल–भारत बोर्डर तीन दिन बन्द हुने भएको छ । आसन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनलाई मध्यनजर गर्दै दुवै देशका सुरक्षाकर्मीले बोर्डर बन्द गर्न लागेका हुन् ।

सोमबारराति १२ बजेदेखि विहीवारराति १२ बजेसम्म अर्थात् ७२ घण्टा बोर्डर शिलबन्दी हुने प्रहरी कार्यालय झापाले जनाएको छ । झापाको पूर्वी नाका काँकरभिट्टा–पानीट्यांकी र भद्रपुर–गलगलिया बोर्डरसहितका खुल्ला नाकाहरु बन्द गरिने प्रहरी कार्यालय झापाका एसपी बिष्णुकुमार केसीले जानकारी दिए ।

तीन दिनसम्म सवारीसाधनसहित कुनै पनि व्यक्ति आवतजावत गर्न नपाउने भनि भारतीय सुरक्षाकर्मीसँग सहकार्य गरिसकेको एसपी केसीले बताए ।

Views: 139

