Aamsanchar

बालकको डुबेर मृत्यु

Author Image
सोमवार, मंसिर १८, २०७४

खोटाङ,

खोटाङको रुपाकोट मझुवागढी नगरपालिका–१३ नुनथला पुइलुङमा १८ महिने बालकको पोखरीमा डुबेर ज्यान गएको छ । खेल्नेक्रममा घरछेउमा रहेको माछा पोखरीमा डुब्दा सोमबार बिहान बालक युकेश राईको ज्यान गएको हो ।

आमा बिरामी परेर सुतिरहेको र हजुरआमाले हेरिरहेको बालकलाई हजुरआमाले आमासँग छाडेर गाईवस्तुलाई घाँस दिन गएर घर आउदा बच्चा नभेटिएपछि खोज्नेक्रममा माछा पोखरीमा डुबिरहेको अवस्थामा फेला परेको स्थानीय बासिन्दा भगेश्वर राईले बताउनुभयो ।

घटनाका बारेमा थप अनुसन्धानका लागि प्रहरीको टोली खटाइएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी नायव उपरीक्षक लोकदर्शन थापाले बताउनुभयो ।

Views: 158

प्रतिक्रिया (०)

सम्बन्धित खबर