भोजपुर,

वन विभागका महानिर्देशक कृष्णप्रसाद आचार्यले भोजपुरको सुन्तले डाँडामा वन उद्यान पार्कको उदघाटन गर्नुभएको छ ।

जिल्ला वन कार्यालय भोजपुरको करिब रु ८ लाख आर्थिक सहयोग तथा भोजपुर नगरपालिका र सामुदायीक वन उपभोक्ता जिल्ला महासंघको प्राविधिक सहयोगमा निर्मित पार्कको सोमबार एक कार्यक्रमका बीच महानिर्देशक आचार्यले उदघाटन गर्नुभएको हो ।

पार्क निर्माणले भोजपुरको पर्यटन विकासको क्षेत्र र सामुदायिक वन तथा उपभोक्ताहरुको आर्थिक विकासमा समेत टेवा पुग्ने महानिर्देशक आचार्यको भनाई छ ।

आन्तरीक तथा बाह्य पर्यटकका लागि महत्वपूर्ण स्थलको रुपमा रहेको सोही पार्कमा बस्नका लागि फलैंचा, धारा, शौचालय तथा बगैँचा निर्माण गरिएको वन कार्ययलयका प्रमुख रामबाबु शाहले जानकारी दिनुभयो ।
Views: 168

