Aamsanchar

झापामा मतगणनालाई व्यवस्थित बनाउन ताराजाली र सिसी क्यामेरा जडान

Author Image
बुधवार, मंसिर २०, २०७४

[पार्थ मण्डल]

झापा,

झापामा मतगणनालाई व्यवस्थित र सुरक्षित बनाउन मतगणना स्थलमा तारजाली र सिसि क्यामेरा जडान गरिँदै छ।  दलका प्रतिनिधिले मतपत्र च्यात्ने र खाने जस्ता घटना बढेर मतगणना स्थलमा विवाद उत्पन्न हुन थालेपछि सोही घटनालाई मध्यनजर गर्र्दै जिल्ला सुरक्षा समिति र मुख्य निर्वाचन अधिकृतको कार्यालयको संयुक्त बैठकले यस्तो निर्णय गरिएको झापाका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीले जानकारी दिए।

बैठकको निर्णय अनुसार नै झापाका मतदान स्थलमा तारजाली र सिसि क्यामेरा जडान गरिदैछ, प्रजिअ तिवारीले बताए। यसअघिको स्थानीय तह निर्वाचनको मतगणना स्थलमा सिसी क्यामेरा जडान गरिएपनि तारजाली लगाएको थिएनन। झापामा ताराजाली लगाएको पहिलो पटक हो। जिल्ला स्काउटमा रहेको झापा क्षेत्र नम्बर ४ र जिल्ला शिक्षा कार्यालयमा रहेको क्षेत्र नम्बर २ मा ताराजाली लगाइसकिएको छ।

सिसि क्यामेरा जडान कार्य भइरहेको छ। क्षेत्र नम्बर ४ मा प्रतिनिधिसभाको दुई स्थान र प्रदेश सभाको १ र २ सँगै गणना हुने भएकोले चारै वटा कोठामा तारजाली लगाइएको क्षेत्र नम्बर ४ का निर्वाचन अधिकृत प्रेम खड्काले बताए। त्यस्तै, जिल्ला समन्वय समितिको कार्यालय भवनमा रहेक मुख्य निर्वाचन अधिकृतको कार्यालय क्षेत्र नम्बर ३ र निर्वाचन कार्यालय क्षेत्र नम्बर १ मा बाँसको घेराबारा लगाइएको छ।

जिल्ला हुलाक रहेको क्षेत्र नम्बर ५ मा पनि ताराजाली लगाउने कार्य हुँदै छ। मतगणना स्थलमा कुनै किसिमको आक्रमण नहोस भन्ने उदेश्यले तारजाली र घेरावारा लगाउने पूर्व तयारी सुरु गरिएको मुख्य निर्वाचन अधिकृत खिलनाथ रेग्मीले बताए। मतदाताले दिएको मतलाई सुरक्षित गर्नु हाम्रो दायित्व भएको र सुरक्षा सवैको लागि भएकोले घेरावारा गरिएको उनले थपे। यता सुरक्षित तवरवाट मतगणना सम्पन्न गर्नका लागि भन्दै सुरक्षा व्यवस्था कडा पारिने छ।

मतगणना स्थलमा मोवाइल प्रतिबन्ध लगाउनुका साथै र राजनीतिकदलले तोकेको प्रतिनिधि, उम्मेदवारबाहेक कसैलाई प्रवेश गर्न दिइनेछैन। एकद्वार प्रणालीबाट सूचना प्रवाह झापाका पाँचै वटा निर्वाचन अधिकृतको कार्यालयले एकद्वार प्रणालीबाट मतगणनाको सूचना प्रवाह गर्ने तयारी गरेको छ। प्रत्येक निर्वाचन अधिकृतको कार्यालयले मतगणनाको परिणाम सार्वजनिक गर्न एक÷एक जना सूचना अधिकारी समेत तोकिसकेको जनाइएको छ।

मतगणना परिणाम प्रत्येक घण्टामा सार्वजनिक गरिने मुख्य निर्वाचन अधिकृत खिलानाथ रेग्मीले जानकारी दिए। यता मतगणना परिणामको समाचार संकलनमा खटिने पत्रकारलाई जिल्ला प्रशासन कार्यालय झापाले आन्तिरीक राजश्वक कार्यालय मेचीको भवन उपल्बध गराउने भएको छ। पत्रकारका लागि सूचना डेक्स त्यही कार्यालयमा राखिने र त्यसका लागि इन्टरनेटसमेत उपलब्ध गराइने प्रशासन कार्यालय झापाले जनाएको छ।

Views: 110

प्रतिक्रिया (०)