झापा ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देशमा वामपन्थीको पक्षमा आएको चुनाव परिणाम लोकतन्त्र आन्दोलनको पक्षमा आएको बताएका छन् । झापा क्षेत्र नम्बर ५ मा दोब्बर मतान्तरले विजयी हासिल गरेका एमाले अध्यक्ष ओलीले भद्रपुरस्थित जिल्ला हुलाक कार्यालयमा रहेको क्षेत्र नम्बर ५ को निर्वाचन अधिकृतको कार्यालयमा निर्वाचित भएको प्रमाणपत्र बुझदै उनले यस्तो बताएका हुन् ।

बहुमत ल्याउनु मात्र ठूलो कुरा नभएको तर्क राख्दै अध्यक्ष ओलीले भने, ‘बहुमत आउने भन्दैमा देशमा स्थिरता र स्थायित्वता हुन्छ भन्ने छैन ।, ‘कस्तो हातमा बहुमत छ त्यो ठूलो कुरा हो’ उनले भने, ‘वास्तवमा नेपाली जनताले त्यस कुरालाई बुझेर विभिन्न समयमा भएको आन्दोलनको पक्षमा मत परिणाम दिएको हो ।’
पूर्व प्रधामन्त्री समेत रहेका ओलीले भने, ‘जनतामा अझै पनि एउटा भ्रम छ, ‘यो विजय पश्चात अब बन्ने बहुमतको सरकारमा उन्माद र दमनकारी हुनेमा ।’ उनले भने, ‘आमजनतालाई म विश्वास दिलाउन चाहन्छु कि हामी आफै दमनमा परेका र भोगेका मान्छै हौ ।’ त्यसैले आमजनताले दिएको बहुमतको सरकार आफ्नो लागि नभएर जनता र लोकतन्त्रको पक्षको लागि काम गर्न उनले प्रस्टाए ।

अवको सरकारले प्रतिपक्षलाई साथ लिएर अघि बढने बताउँदै उनले भने, ‘प्रतिपक्षको विश्वास र मन जितेर राष्ट्रलाई एकताबद्ध, विकासउन्मुख र समृद्धि तर्फ अघि बढाउन हातेमालो गरेर अघि बढने बताए । उनले दोब्बर मतले विजयी गराउने झापा क्षेत्र नम्बर ५ मतदाता तथा देशलाई बामपन्थीको पक्षमा मत दिनुहुन आमनेपालीलाई धन्यवाद समेत दिएका छन् ।
त्यसैगरी निर्वाचित भएर पहिलो पटक गृह जिल्ला झापा आएका ओलीले भद्रपुरस्थित मेची रंगशालामा आयोजित विजयी सभालाई समेत सम्बोधन गरेका थिए । विजय सभा सम्बोधन पश्चात भद्रपुरबाटै विजयउत्वससहितको र्याली निकालेर धुलावारी, काकडभिटटा हुदै बिर्तामोड, कनकाई र दमक विजयी सभामा सहभागि हुने कार्यक्रम रहेको छ ।

