Aamsanchar

दाइँ लगाउने चलन हराउँदै

Author Image
बुधवार, मंसिर २७, २०७४

पाल्पा,

गोरुको सहायताले दाइँ लगाउने चलन हराँदै गएको छ । धान र पराल छुट्याउन थ्रेसरको प्रयोगप्रति किसानको आकर्षण बढेपछि गोरुको साहायताले दाइँ लगाउने चलन हराएको हो ।

धान झार्न गोरु परालमा हिँडाएर दाइँ लगाउने चलन रहेकामा मेसिनको प्रयोग बढेपछि सो चलन हराउँदै गएको मदनपोखराका किसान लीला बस्यालले बताउनुभयो । करिब आठ हजार ५०० हेक्टरमा धानखेती गरिँदै आएको छ । कम खर्च र छिटोछरितो रुपमा काम गर्न सकिने भएपछि किसान थ्रेसरको प्रयोगप्रति आकर्षित भएका हुन् ।

रामपुर नगरपालिका–४, खोपटायरका पार्वता खाम्चा धेरै कमदारले गर्ने काम थ्रेसरमा सहजै गर्न सकिने भएकाले आकर्षण बढेको बताउनुहुन्छ । गोरु र कामदार पाउन मुस्किल हुन थालेपछि थे्रसरको प्रयोग गर्न बाध्य भएको उहाँको भनाइ छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 176

प्रतिक्रिया (०)

सम्बन्धित खबर