Aamsanchar

बीएण्डसीका नर्सलाई तालिम

Author Image
शुक्रवार, मंसिर २९, २०७४

बिर्तामोड,

झापाको बिर्तामोडमा रहेको बी एण्ड सी टिचिङ्ग हस्पिटलले नर्सहरुको क्षमता अभिवृद्धि गर्ने हिसाबले दुई दिने प्रशिक्षण कार्याक्रम सुरु गरेको छ ।

नेपाल क्रिटिकल केयर डेम्लभमेन्ट फाउन्डेसनको सहकार्यमा बी एण्ड सी हस्पिटलले आयोजना गरेको तालिममा आईसियुमा कार्यरत नर्सहरुलाई विभिन्न किसिमका जानकारी गराउने उद्धेश्यले तालिमाको आयोजना गरिएको हस्पिटलका जनसम्पर्क अधिकारी प्रमिश गिरीले जानकारी दिए ।

तालिममा आईसियु क्षेत्रमा काम गर्दा ध्यान दिनुपर्ने विषय, नर्स तथा डाक्टरसंगको सहकार्य, बिरामीलाई गर्नुपर्ने हेरचहार लगायतका विषयका साथै उपकरणको प्रयोगमा दिनुपर्ने ध्यानका विषयमा नर्सहरुलाई जानकारी गराईने (एनसीसीडीएफ) का डाक्टर सुवास आर्चायले जानकारी दिए ।

हस्पिटलका सञ्चालकहरुले आईसियुमा काम गर्ने डाक्टर तथा नर्सहरुलाई तालिमको आयोजना नगर्ने गरेका कारण पनि जटिल परिस्थितीको सिर्जना हुने गरेको डाक्टर आर्चायले बताए । उनले बी एण्ड सी हस्पिटलले तालिमको आयोजन ागर्न आग्रसरता देखाएको भन्दै कार्यकारी निर्देशक दुर्गा प्रसाईको प्रशंसा गरे ।

आफ्नो अस्पताल नाफामुखी नभई सेवामुखी भएकाले सबै जनताको स्वास्थ्यका विषयमा हस्पिटल सजग रहेको र नर्स तथा डाक्टरहरुको क्षमता अभिबृद्धि गर्ने विषयमा कुनै कन्जुस्याई नराखे बी एण्ड सी टिचिङ्ग हस्पिटलका कार्यकारी निर्देशक प्रसाईले बताए । कार्यक्रमको हस्पिटलका कार्यकारी निर्देशक प्रसाई र बी एण्ड सी टिचिङ्ग हस्पिटलका पो.डाक्टर उमेशकुमार शर्माले पानसमा दिप प्रज्वलन गरेर उद्घाटन गरेका थिए ।

आज र भोली हुने तालिममा करिब सय जना नर्सहरुका साथै विभिन्न विभागमा कार्यरत डाक्टरहरुको सहभागिता रहने जनाइएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 80

प्रतिक्रिया (०)

सम्बन्धित खबर