Aamsanchar

जनता आवासबारे सूचना नपाउँदा…

Author Image
आइतवार, पौष २, २०७४

धादिङ,

जनता आवास कार्याक्रमअन्तर्गत जिल्लामा सरकारले निर्माण गर्न सहयोग गर्ने भवनका लागि जनताबाट निवेदन आह्वान गर्ने मिति सकिँदासम्म पनि निवेदन न्यून मात्रामा परेको छ ।

कार्यक्रमअन्तर्गत साविकको महादेवस्थान गाविसमा चेपाङ घर निर्माणका लागि २० दरबन्दी निर्धारण गरिएकामा निवेदन मिति मंसिर समापन हुँदासम्म चार जनाले मात्र निवेदन दिएको र सूचना अभावका कारण जनता निवेदन दिन नआएको नेपाल चेपाङ संघका तिलक चेपाङले बताउनुभयो ।

गरिब चेपाङका लागि सरकारले रु दुई लाख ३५ हजार दिएर निर्माणमा सहयोग गर्नेछ । जिल्लामा चेपाङ समुदायका लागि एक सय र दलित समुदायका लागि दुई सय घर निर्माणको योजना भए पनि केही गाउँपालिका, केही वडा र केही सूचना दिने अधिकारीले जनतालाई सूचना नदिँदा समय सकिँदा पनि निवेदन संकलन भएन ।

गाउँपालिका र नगरपालिकालाई सूचना भएकाले सूचना नपुगेको भन्न नमिल्ने शहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालय धादिङका वामदेव शर्मा बताउनुहुन्छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 119

प्रतिक्रिया (०)

सम्बन्धित खबर