Aamsanchar

कांग्रेसका पुराना नेता बस्नेतको निधन

Author Image
आइतवार, पौष २, २०७४

बिर्तामोड।

कांग्रेसका पुराना नेता झापा बिर्तामोड निवासी गंगाबहादुर बस्नेतको निधन भएको छ ।

मुटु, फोक्सो, घाँटी र लिभर सम्बन्धी रोगका कारण बस्नेतको निधन भएको हो । उनको ८५ बर्षको उमेरमा बिर्तामोडस्थित बिर्ता सिटी हस्पिटलमा उपचारका क्रममा निधन भएको पारिवारिक स्रोतले जनाएको छ ।

२००६ सालमा नेपाली कांग्रेसको संगठनमा सक्रिय भई उनले २००७ सालको आन्दोलनको इलामबाट नेतृत्व गरेका थिए । इलामको साखेजुंगमा जन्मिएका उनी २०११ सालको विद्यार्थी आन्दोलनका समेत अगुवा थिए ।

२०१७ सालदेखि ०१९ सालसम्म भएको आन्दोलनको क्रममा उनले तीन बर्ष जेल जीवन बिताए । जेल जीवनकै क्रममा प्रहरीको चरम यातनापछि उनको स्वास्थ्य अवस्था कमजोर भएको थियो । भूविक्रम नेम्वाङ, केवी गुरुङसँगै उनले आन्दोलनमा सक्रिय हुँदा जेल जीवन व्यतित गरेका थिए ।

बस्नेतका श्रीमती तुलसा, छोराबुहारीहरु रमेश–शान्ता, भूविक्रम–बिमला र एक छोरीज्वाइँमा निर्मला–कुलबहादुर थापा रहेका छन् ।

Views: 145

प्रतिक्रिया (०)

सम्बन्धित खबर