Aamsanchar

झापाका छुटाछुट्टै स्थानमा भएको सवारी दुर्घटनामा परी दुईको मृत्यु

Author Image
सोमवार, पौष ३, २०७४

बिर्तामोड,

झापाका छुट्टाछुट्टै स्थानमा भएका सवारी दुर्घटनामा दुर्ए ब्यक्तिको मृत्यु भएको छ । पूर्व–पश्चिम राजमार्ग अन्र्तगत झापाको बिर्तामोडमा भएको सवारी दुर्घटनामा एक ब्यक्तिको मृत्यु भएको छ । मृत्यु हुनेमा बिर्तामोड नगरपालिका २ निवासी २६ वर्षीय वासुदेव अधिकारी रहेको जिल्ला ट्राफिक कार्यालय झापाले जनाएको छ ।

पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको मे ४ प २८१५ नम्बरको मोटरसाइकल चालक अधिकारीले पैदलयात्री भारत सीतामडीका १८ वर्षीय मोहमद नेबुलाई ठक्कर दिएको थियो ।

पैदलयात्रीलाई ठक्कर दिएर अनियन्त्रित मोटरसाइकललाई विपरीत दिशाबाट आएको कारले किच्दा उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । घाइते पैदलयात्री नेबुको बी एण्ड सी हस्पिटलमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

उता मेचीनगरस्थित मेची पुल सोमबार दिउँसो भारतीय मालबाहक ट्रकको ठक्करबाट अर्जुनधारा नगरपालिका १ निवासी १८ बर्षीय मनोज भुजेलको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रहरी निरीक्षक राजेश राईले जानकारी दिएका छन् ।

भारतबाट नेपाल तर्फ आउँदै गरेको एनएल ०५ बी ४०१३ नम्बरको भारतीय मालबाहक ट्रकले सोही दिशातर्फ आइरहेको मे २ प १७८१ नम्बरको मोटरसाईकलमा सवार भुजेललाई ठक्कर दिदाँ उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीले भारतीय ट्रक र चालकलाई नियन्त्रणा लिएको छ । पछिल्लो चार दिनको अवधिमा मात्रै सवारी दुर्घटनामा परी झापामा छ जनाको मृत्यु भइसकेको छ ।

Views: 114

प्रतिक्रिया (०)

सम्बन्धित खबर