झापा ।

झापा दमकको गायत्री बिद्या पीठमा अध्यनरत एक बालिकामाथि शिक्षकले अभद्र रुपमा मानसिक तथा शारिरिक यातना दिएको खुलासा भएको छ । १४ बर्षिया बालिका बालिका कुसम निरौलाको अवस्था कुटपीटपछि दयनीय बनेको परिवारले जनाएको छ ।

बिद्यालयका शिक्षकले बिद्यार्थीलाइ चरम यातना दिएको केहि दिनपछि मात्र यो रहस्य सार्वजनिक भएको छ । गायत्री बिद्या पीठका शिक्षक भुटानी नागरिक प्रनय दुतराज रहेकाछन् ।पीडित परिवारले सोमबार दमकमा पत्रकार सम्मेलन गरेर घटनाको बिषयमा जानकारी गराएको हो । यसभन्दा अगािड पनि यस बिद्यालयमा यिनै बालिकामाथि दूब्र्यवहार भएको विषय पनि गुपचुप गराइएको थियो ।
पत्रकार सम्मेलनमा पीडित परिवार र अभिभावकहरुले पशुलाइ भन्दा पनि निरह तरिकाले नाबालिकामाथि अभद्र ब्यवहार गरेको जनाएकाछन् । बिद्यालय प्रशासनले बुझेर जानेर पनि केहि नबुझे र नजानेजस्तो गरेको पीडितको भनाइ छ ।

बिद्यालयका सञ्चालकले अस्पतालमा नै गएर थर्काएको समेत उनिहरुको भनाइ रहेको छ । पीडित बालिकाकी आमा स्वस्तिका निरौलाले गहभरी आँशु झार्दै छोरी माथि धेरै अन्याय भएको बताइन् ।
पीडित बालिकाको दमक स्थित लाइफलाइन अस्पताल, त्यसपछि बिएण्डसि अस्पताल बिर्तामोड र भारतको सिलगुढीमा लगेर उपचार गरेको जनाईएको छ । अहिले पीडित बालिका घरमा नै बेडरेस्टमा रहेकीछन् ।
पीडितका बुबा अच्युत निरौलाले छोरीलाइ दूब्र्यवहार गरेको र यातना दिएको बताउदै शिक्षक दुतराज बिरुद्ध केहि सार्वजनिक अपराध अन्र्तगत मुद्धा दर्ता गरेकाछन् ।
यसैबीच पीडित परिवारले शिक्षकलाइमात्र जाहेरी दिएकाले बिद्यालयले भने उन्मुक्ति पाउन आँटेको भन्दै अभिभावकहरुले बिद्यालयलाइ पनि मुद्धा चलाउनु पर्ने माग गरेकाछन् ।आफूले पत्रकार देखि राजनीतिककर्मीसम्म चिनेको भन्दै धम्क्याएको र मुद्धा हाल्ने बिषयमा जानकारी नभएको पीडित परिवारले जनायो ।
प्रहरीले बिद्यालयलाइ पनि हाल्न पर्छ नभनेको पीडितका बुबा निरौलाले बताए । अब बिद्यालय बिरुद्ध पनि मुद्धा हाल्ने उनको भनाइ रहेको छ । शिक्षकलाइ प्रहरीले ४ दिनदेखि हिरासतमा राखेपनि बिद्यालयले यसलाइ गम्भिर रुपमा लिएको छैन । अहिलेसम्म हिरासतमा रहेका शिक्षकको बारे बुझ्न बिद्यालयका सञ्चालक तथा कोहि पनि नआएको प्रहरी श्रोतको भनाइ रहेको छ ।
अनेरास्वबियू क्रान्तिकारी झापाले प्रेस बिज्ञप्ति जारी गर्दै यातना दिने बिद्यालय र शिक्षकमाथि कडा कार्वाही गर्न ध्यानकर्षण गराएको छ । क्रान्तिकारीका झापा जिल्ला अध्यक्ष कुमार खतिवडाले हस्ताक्षर गरेको बिज्ञप्तिमा यस्तो माग गरिएको छ ।-टाइमस अफ प्रदेश बाट साभार

