Aamsanchar

धारागोला भ्यू—टावर, कृषि तथा पर्यटन महोत्सबको तयारी तिब्र

Author Image
मङ्गलवार, पौष ४, २०७४

[दिपेन लावती]

बिर्तामोड, 

झापाको बुद्धशान्ति गाउँपालिका—७ धारागोलामा ५ दिने धारागोला भ्युटावर कृषि तथा पर्यटन महोत्सवको तयारी तिब्र पारिएको छ । महोत्सब पौष ७ गते देखि ११ गतेसम्म संचालन हुने महोत्सब आयोजक समितिका अध्यक्ष चक्र शेर्माले बताए । पर्यटकिय हिसाबले यस ठाउँको पहिचान गर्न तथा लोप हुदै गरेको बिभिन्न जातजातीको सास्कृतिक पहिचानलाई संरक्षण गर्न महोत्सव सहयोगी बन्ने महोत्सब आयोजक समितिका सचिब चेतन ढुङ्गेलले बताए ।

महोत्सब परिषरमा सरसफाई, कृषि स्टल, स्टेज निर्माणको काम तिब्र गतिमा भइरहेको छ । साबिक शान्तिनगर तरकारी उत्पादनको पकेट क्षेत्र पनि हो । किसानलाई अर्ग्यानिक खेती तर्फ प्रोत्साहन गर्न महोत्सब सहयोगी बन्ने आयोजकको अपेक्षा छ । महोत्सब संचालन गर्न बुद्धशान्ति गाउँपालिका र अन्य संघ–संस्थाले सहयोग गरेका छन् ।

झापा, मोरङ, सुनसरी तथा भारतको विभिन्न भुभागको मनोरम दृष्यावलोकन गर्न सकिने यस क्षेत्रलाई पर्यटकीय स्थलमा रुपान्तरण गरी आन्तरीक तथा बाह्य पर्यटकको पहिलो रोजाईको स्थान बनाउने लक्ष्य राखि गत ३ वर्षदेखि यस स्थानमा महोत्सवको आयोजना गरिदै आएको छ । पौष महिनाको शुरुवातसंगै लाग्ने महोत्सवमा स्थानीय श्रोत र साधनको पहिचानसहित निर्माणधिन अवस्थामा रहेको भ्युटावरलाई पुर्णता दिने उद्देश्यले महोत्सवको आयोजना गरिएको हो ।

आर्थिक बर्ष २०७१÷०७२ मा निर्वाचन क्षेत्र पूर्वाधार बिशेष कार्यक्रम मार्फत रु.१२ लाख र आर्थिक बर्ष २०७२÷०७३ मा रु.१८ लाख र स्थानीयको जनसहभागिता मार्फत रु.१ लाख ७१ हजार ५ सय ५२ रुपयाँ ७३ पैसाको लागतमा ५ तलाको भ्यु–टावरको ७० प्रतिशत संरचना बनिरहेको छ । बाँकी काम सम्पन्न गर्न आर्थिक बर्ष २०७३÷०७४ मा सस्कृति तथा पर्यटन मन्त्रालयबाट रु १० लाख छुटेपछि भ्यू–टावर सम्पन्न हुने क्रममा छ । निर्माणधिन संरचना सम्पन्न गर्न स्रोतको खोजि भईरहेको भ्यू–टावर निर्माण समितिका अध्यक्ष नीरकुमार सुबेदीले बताए ।

उक्त भ्युटावर सम्पन्न गर्न करिब एक करोड रुपैयाँ अनुमानित बजेट लाग्ने भएकाले महोत्सव मार्फत सम्बन्धित निकायको ध्यान केन्द्रीत गराउन महोत्सव लाभदायी हुने भ्यू–टावर निर्माण समितिका सचिब सुमन लेप्चाले बताए । महोत्सवमा बिभिन्न कृषि स्टलका साथै राष्ट्रिय स्तरका कलाकार ताराप्रकास लिम्बु, जुना प्रसाई, विल्सन बिक्रम राई (तक्मेबुढा), निङमा शर्मा लगायतले सांगीतिक प्रस्तुती रहने प्रचार÷प्रचार समितिका संयोजक दिपेन लावतीले बताए ।

यसका साथै पूर्वाञ्तल ब्यापी बृहत कबि गोष्ठि तथा साहित्यिक कार्यक्रम आयोजना हुने साहित्यकार तथा समालोचक मुनाराज शेर्माले बताए । महोत्सब सम्पन्न गर्न करिब ५ लाख खर्च हुने र २ लाख आन्तरिक तथा बाह्य पर्यटक भित्राउने आयोजकको लक्ष्य छ ।

Views: 222

प्रतिक्रिया (०)

सम्बन्धित खबर