Aamsanchar

आर्थिक समृद्धि र विकासले गति लिन्छः उपप्रधानमन्त्री महरा

Author Image
बुधवार, पौष ५, २०७४

दाङ,

उपप्रधान एवं बिना विभागीयमन्त्री कृष्णबहादुर महराले राष्ट्रिय सभा गठन भएपछि एक हप्ताभित्र नयाँ सरकार गठनको प्रक्रिया अगाडि बढ्ने बताउनुभएको छ ।

तुलसीपुर उद्योग वाणिज्य संघले आज आयोजना गरेको स्वागत तथा भेटघाट कार्यक्रममा उहाँले नेकपा (एमाले), माओवादी केन्द्रबीच पार्टी एकीकरणको काम पनि सँगसँगै अगाडि बढेको छ भन्नुभयो ।

राजनीतिक दलहरुबीच सहमतिको बिकल्प नभएको बताउँदै उपप्रधानमन्त्री महराले भन्नुभयो “राजनीतिक दलहरुबीचको एकता र सहकार्यले मात्र देशमा आर्थिक समृद्धि र विकासले गति लिन्छ, अब विकासलाई कसैले पनि रोक्न सक्दैन ।”

प्रदेश नं ५ को राजधानी दाङ हुने विश्वास दिलाउँदै उहाँले भन्नुभयो, “अहिले बुटवलमा राजधानी भन्ने हल्ला आएको छ यो मात्र हल्ला हो म हल्लाको पछाडि नलाग्न सबैलाई अनुरोध गर्दछु ।” उहाँले आफूले प्रधानमन्त्री शेरबहादुर देउवालगायत सबै राजनीतिज्ञलाई भेटेको र अहिलेको सरकारले अस्थायी केन्द्र तोक्ने र पछि प्रदेशसभाको बहुमतले राजधानीको निर्णय लिने बताउनुभयो ।

Views: 133

प्रतिक्रिया (०)

सम्बन्धित खबर