Aamsanchar

नक्कली सुन देखाई ठगी गर्ने दुई पक्राउ

Author Image
बुधवार, पौष ५, २०७४

काठमाडौँ, 

महानगरीय अपराध महाशाखाले नक्कली सुन देखाई रु १० लाख ठगी गर्ने दुईजनालाई पक्राउ गरेको छ ।

महाशाखाको टोलीले नक्कली सुनलाई सक्कली भनी रु १० लाख ठगी गर्ने सिन्धुपाल्चोकका निरबहादुर तामाङ र तुलबहादुर तामाङलाई आज कोटेश्वरबाट पक्राउ गरेको हो ।

पक्राउ परेका तामाङद्वयले यही पुस १ गते शनिबार भक्तपुरका नौसाद अलिलाई ‘हामीसँग भएको सुन तपाईं राख्नुहोस्, हामीलाई तपार्इंसँग भएको पैसा दिनुहोस्’ भनी सुनजस्तो पहेँलो धातुको ढिक्का दिई रकम ठगेका थिए ।

महाशाखाले पक्राउ परेका दुवैलाई आवश्यक कारबाहीका लागि महानगरीय प्रहरी परिसर पठाएको छ ।

Views: 130

प्रतिक्रिया (०)

सम्बन्धित खबर