उर्लाबारी,

मोरङको उर्लाबारी नगरपालिका–१ स्थित भित्री सडकखण्डमा आज साँझ ट्र्याक्टरको ठक्करबाट एक बालिकाको मृत्यु भएको छ ।

उत्तरबाट दक्षिणतर्फ आउँदै गरेको मे १ त २८१६ नम्बरको ट्र्याक्टरको ठक्करबाट पैदलयात्री सोही ठाउँका वीरमान तामाङकी आठ वर्षीया छोरी इच्छा तामाङको मृत्यु भएको हो ।

ठक्करबाट गम्भीर घाइते भएकी बालिकालाई उपचारका लागि उर्लाबारीस्थित अरनिको हस्पिटल लगिएको र त्यहाँ पुग्नासाथ मृत्यु भएको इप्रका उर्लाबारीका प्रहरी निरीक्षक चन्द्रबहादुर थापाले जानकारी दिनुभयो ।

Views: 122

