Aamsanchar

आगलागीबाट पाँच लाखको क्षति

Author Image
बिहिवार, पौष ६, २०७४

इनरुवा,

इनरुवा नगरपालिका–६ मधेसामा आज भएको आगलागीबाट करिब रु पाँच लाख बराबरको क्षति भएको छ ।

स्थानीय सबुरलाल चौधरीको घरमा अचानक भएको आगलागीबाट सो मूल्य बराबरको धनमाल जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

धान दाउनी गर्नका लागि लगाएको थ्रेसरबाट अचानक आगलागी हँुदा सबुरलालको तीन वटा घर, २० क्वीन्टल धान, ४० हजार नगद, भाँडाकुँडा, चामल चार बोरा, दाल एक बोरा, तोरी तीन बोरा र लत्ता कपडा पूर्ण रुपमा जलेर नष्ट भएको छ ।

स्थानीयबासी, नेपाल प्रहरी र इनरुवा नगरपालिकाबाट गएको वारुणयन्त्रणले आगो नियन्त्रणमा लिएको थियो । यसैबीच अग्निपीडितलाई नेपाल रेडक्रम सोसाइटी इनरुवा उपशाखाले राहत वितरण गरेको छ । पीडितलाई कपडा, एक थान भाँडाकुँडा, त्रिपाललगायत राहत सामग्री वितरण गरिएको रेडक्रम सोसाइटी इनरुवा उपशाखाका अध्यक्ष रामप्रसाद मेहताले जानकारी दिनुभयो ।

Views: 179

प्रतिक्रिया (०)

सम्बन्धित खबर