Aamsanchar

नदी कटानबाट बेनीबजार जोगाउन संरक्षण आयोजना

Author Image
शुक्रवार, पौष ७, २०७४

म्याग्दी,

कालीगण्डकी र म्याग्दी नदीको कटानबाट सदरमुकाम बेनीबजारलाई जोगाउन रु ११ करोडको लागतमा बेनीबजार संरक्षण आयोजना निर्माणको अन्तिम चरणमा पुगेको छ ।

म्याग्दी र कालीगण्डकी नदीको दोभानमा अवस्थित बेनीबजार नदी कटानको उच्च जोखिममा परेपछि जोखिमयुक्त जिल्ला सदरमुकाम बचाउन कार्यक्रम आयोजना गरिएको हो ।

आयोजनाअन्तर्गत जलउत्पन्न प्रकोप नियन्त्रण सबडिभिजन कार्यालय बागलुङले चालू आव २०७४÷७५ मा दुईवटा प्याकेजमा काम गर्ने गरी रु ११ करोड ३२ लाखको लागतमा कालीगण्डकीको दायाँ र म्याग्दी नदीको बायाँ किनारामा आरसिसी र रिटेनिङ (मेसिनरी) पर्खाल निर्माणको कार्य शुरु गरेको थियो ।

बेनीको मंगलाघाटस्थित म्याग्दी नदीको बायाँ किनारा, म्याग्दी र कालीगण्डकीको दोभान तथा कालिपुलस्थित कालीगण्डकी नदीको दायाँ किनारामा रिटेनिङ र आरसिसी पर्खाल सम्झौता अगाडि नै सम्पन्न गर्ने समानान्तर बिएन जेभीका नारायण जिसीले बताउनुभयो ।

“तीव्र गतिमा काम भइरहेको छ । नदीको धारसमेत परिवर्तन गरिएकाले पनि सहज भएको छ”–जिसीले भन्नुभयो । निर्माण व्यवसायी संघ म्याग्दीका अध्यक्षसमेत रहेका जिसीले ३९७ मिटर रिटेनिङ र आरसिसी पर्खालमा दैनिक २०० कामदार परिचालन गरिएको जानकारी दिनुभयो ।

जिसीका अनुसार मेसिनरी पर्खाल छ मिटर र आरसिसी ७.५ मिटर अग्लो हुने छ । नदी आसपासमा पानीको बहावले निर्माणकार्यमा असर गरेपछि नदी आसपासमा बसोबास गर्नेहरूसित समेत छलफल गरी नदीको धारलाई परिवर्तन गरेकाले पनि आयोजनाको कामले गति लिएको छ ।

ठेक्का सम्झौता एक वर्षको भएपनि असारभित्र नै काम सम्पन्न गर्ने ठेकेदारको दाबी छ । जलउत्पन्न प्रकोप नियन्त्रण सवडिभिजन कार्यालयका इन्जिनियरसहितको प्राविधिक टोलीले दैनिक स्थलगत अनुगमन गर्ने गरेको जनाएको छ ।

दुईवटा ठूलो नदीको कटानले बेनीबजार जोखिममा पर्न थालेपछि बजार संरक्षण उपभोक्ता समिति निर्माण गरी एक दशकयता सरकारी बजेट र चन्दा संकलन गरी ग्याबियनजालीले समेत कटान भएका क्षेत्रमा रोकथाम गर्ने गरिएको थियो ।

कटान रोक्न ग्याबियन जाली तथा ढुंगाको प्रयोग प्रभावकारी नभएपछि आव २०७१÷०७२ देखि २०७३÷०७४ सम्म आरसिसी पर्खालको योजना परेको थियो । तर पाँच महिना अघिदेखि भने निर्माण कार्यले तिव्रता पाएको हो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 167

प्रतिक्रिया (०)

सम्बन्धित खबर