(नरेन्द्र ढकाल)

बिर्तामोड ।
झापाको विर्तामोड नगरपालिका क्षेत्र भित्र रहेका सडकलाई फराकिलो पार्ने अभियानमा विद्युत प्रविधकरण र टेलिकमले अटेर गरेका छन् । नगरपालिका, सडक डिभिजन कार्यालय, जिल्ला ट्राफिक प्रहरी कार्यालयले पटक–पटक आग्रह गर्दा पनि समयमा चासो नदिदाँ समस्या भएको बताइएको छ ।

नेपाल विद्युत प्राविधकरण र नेपाल टेलिकम बिर्तामोड शाखाले आफ्नो क्षेत्रका पोलहरु नसार्दा सडकलाई फाकिलो पार्ने अभियानमा समस्या भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका राजेश राईले बताए । ट्राफिक प्रहरी कार्यालयले २०७३ जेठ २७ गते सडक क्षेत्रभित्र रहेका संरचनाहरु हटाउन आग्रह गरेपनि उनीहरुको ढिलासुस्तिका कारण समस्या उत्पन्न भएको छ ।
मेची अञ्चलकै प्रमुख ब्यपारिक केन्द्रको रुपमा विकास हुदै गएको बिर्तामोड नगरपालिकाका सडकहरु फाराकिलो नहुदाँ सडक दुर्घटनाको जोखिम बढ्दै गएको जिल्ला ट्राफिक प्रहरी कार्यालयका सुचना अधिकारी याम खड्काले जानकारी दिए । उनले भने– २०२८ सालमा निर्माण भएको पूर्व–पश्चिम राजमार्ग फराकिलो भएको छैन् । तर वर्षैपिच्छे सवारीका संख्या बढी रहेका छन् ।

सडक साँघुरो भएका कारण मुक्ति चोकमा नै सडक जाम हुन थालेको सुचना अधिकारी खड्काले बताए । नगरपालिकाले थालेको अभियानलाई अब द्रुत गतिमा अघि बढाइने बिर्तामोड नगरपालिकाका मेयर ध्रुवकुमार शिवाकोटीले जानकारी दिए । सडक विभागले नै सडक फराकिलो पार्ने कामलाई अगाडी बढाएकाले नगरपालिकाले सहयोग गरेको मेयर शिवाकोटीको भनाई छ ।
उनले बिर्तामोड स्थित मुक्ति चोकको चारै दिशामा दुई सय मिटर क्षेत्रमा सवारी पार्किङ तथा रोक्न निषेध गरिने बताए । उनले नगरपालिकाले पार्किङ शुल्क लिएर सवारीको सुरक्षा गर्ने बताएका छन् । उनले सडक क्षेत्र भित्र परेका घरहरुको विषयमा निर्णय गर्न छलफल थालिएको र आवश्यक निर्णय गरेर कामलाई ठोस रुपमा अघि बढाउने शिवाकोटीले जानकारी दिएका छन् ।
यता नेपाल विद्युत प्राधिकरण शाखा विर्तामोडका प्रमुख जीतेन्द्र कुमार झा ले आफुहरुले सडक विस्तारको काममा अवरोध सिर्जना नगरेको बताएका छन् । उनले ८२ फिट भित्र पर्ने विद्युतका पोलहरु सार्ने प्रतिबद्धता जनाएका छन् । राख्ने ठाँउ नभएकाले सडक किनारमा विद्युतका पोलहरु राख्नुपर्ने बाध्यता रहेकाले सडक किनारका पोलहरु सात दिनभित्र हटाउने प्रमुख झाले बताएका छन् ।
उनले कुनै स्थानमा पोलहरु सार्नुपरेमा समितिले २५ प्रतिशत र बाँकी ७५ प्रतिशत खर्च विद्युत प्राधिकरणले ब्यर्होनुपर्ने छ । त्यस्तै नगर क्षेत्रमा सार्नुपरेमा नगरपालिकाले ४० प्रतिशत र प्राधिकरणले ६० प्रतिशत खर्च ब्यर्होनुपर्ने हुन्छ । विद्युत प्राधिकरणले सबै क्षेत्रको अनुगमन गरेर लागत स्टिमिट तयार पारेर सम्बन्धित निकायलाई जानकारी गराइसकेको र रकम प्राप्त हुना साथ कामलाई तिब्रता दिने उनले बताएका छन् ।
त्यस्तै नेपाल टेलिकम बिर्तामोड शाखाका प्रमुख त्रिभद्र शर्माले टेलिकमले सडक किनारमा रहेका पोलहरु सार्ने विषयमा विराटनगर शाखालाई जानकारी गएको बताएका छन् । उनले बिर्तामोड स्थित मुक्ति चोक नजिकै गरेको टेलिकमको पोलहरु सडक विस्तर गरेकै दिन विराटनगरबाट प्राविधिक झिकाएर सार्ने प्रतिबद्धता जनाएका छन् । उनले आफुहरुले सडक विस्तारमा अवरोध नगरेको प्रष्टिकरण दिएका छन् । तर एक वर्षभन्दा अघि जिल्ला ट्राफिक प्रहरी कार्यालयले ८२ फिट भित्र पर्ने संरचना हटाइदिन गरेको आग्रहमा भने केही ढिलासुस्ति भएको स्वीकार गरेका छन् । उनले विर्तामोड शाखाले अप्टिकल फाइबरहरु मिलाउन सक्ने दक्ष कर्मचारी नभएकाले यो विषयमा विराटनगर शाखालाई जानकारी गराई सकेको बताएका छन् ।
बिर्तामोडका फुटपाथ हटाउन सुरु–
बिर्तामोड नगरपालिका, उद्योग वाणिज्य संघ बिर्तामोड, जिल्ला ट्राफिक प्रहरी प्रहरी कार्यालय र विभिन्न संघसंस्थाको अगुवाईमा बिहिबारबाट नगरपालिका क्षेत्रका सडक किनारमा राखिएका फुटपाथ हडाउने अभियान सुरु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक राईले बताए । उनले नगरपालिकाले विर्तामोड नगरपालिकालाई ब्यवस्थित बनाउदै पैदलयात्रीले सहज रुपमा हिड्डुल गर्न पाँउन भन्ने उद्धेश्यले फुटपाथ हटाउने अभियान सुरु गरिएको हो ।
नगरपालिकाले अभियान सुरु गरेसंगै अटेर गर्नेलाई कारबार्ही पनि थालिएको जनाइएको छ । पटक–पटक बिर्तामोडका सडक किनारमा ब्यपार ब्यवसाय गर्ने फुटपाथहरुलाई हटाउने गरिएपनि प्रभावकारी रुपमा कार्यान्व्य हुन नसक्दा बिर्तामोड नगरपालिका अब्यवस्थित बन्दै गएको छ ।
सातदिनमा पार्किङको ब्यवस्था–
जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले सातदिन भित्र बिर्तामोड नगरपालिका क्षेत्रमा रहेको अब्यवस्थित पार्किङलाई ब्यवस्थित गर्ने ट्राफिक प्रहरी निरीक्षक राईले बताएका छन् । उनले नगरपालिकाले जग्गा खोज्ने काम गरिरहेकाले जग्गा प्राप्त हुनासाथ बिर्तामोडमा सडक किनारमा पर्किङ गरेर राखिने सबै सवारीलाई एकै स्थानमा राखिने बताएका छन् ।
बिर्तामोडमा ठूला–ठूला भवन बनिएपनि पार्किङ नबनाउदा सडक किनारलाई पार्किङ बनाइने गरिएको छ । यसका कारण पैदल यात्रीलाई सडक किनारमा हिड्डुल गर्न समस्या हुने गरेको छ ।
आजबाट जोडर लगाइने–
बिर्तामोड नगरपालिका, सडक डिभिजन कार्यालय दमक, उद्योग वाणिज्य संघ बिर्तामोड,जिल्ला ट्राफिक प्रहरी कार्यालय, विभिन्न संघसंस्थाको पहलमा आज (शुक्रबार) बाट भद्रपुर–चन्द्रगढी सडक खण्डको बिर्तामोड नगर क्षेत्रको सडक फराकिलो पार्ने काम सुरु हुने नगरपालिकाले जनाएको छ ।
सडक क्षेत्रभित्र रहेका संरचना हटाउन पटक–पटक आग्रह गरेको र अब डोजर सञ्चालन गरेर सडक क्लियर गर्ने काम सुरु हुने जिल्ला ट्राफिक प्रहरी कार्यालयका सुचना अधिकारी खड्काले जानकारी दिए ।
यसरी हटाइयो फुटपाथ–
सडक किनारमा रहेका फुटपाथ हटाउने विषयमा विर्तामोड नगरपालिका १,४ र ५ नम्बरका वडाध्यक्ष, उद्योग वाणिज्यसंघ विर्तामोडका उपाध्यक्ष राजु न्यौपाने, जिल्ला ट्राफिक प्रहरी प्रमुख राजेश राई, विभिन्न सामाजिक संघसंस्थाका प्रतिनीधि समिलित बैठकले बिहिबारबाट फुटपाथ हटाउने निर्णय गरेर अभियान सुरु गरेको हो ।
अभियानमा जनप्रतिनीधि, उद्योग वाणिज्यसंघका पदाधिकारी, विभिन्न संघसंस्थाका प्रतिनीधि, सशस्त्र प्रहरी, इलाका प्रहरी कार्यालय बिर्तामोड, जिल्ला ट्राफिक प्रहरी कार्यालयको टोली फुटपाथ हटाउने कार्यमा संलग्न भएको थियो । सो क्रममा अटेर गर्ने फुटपाथलाई पक्राउ गरेर नगरपालिका लागेर जरिवान समेत गरिएको थियो ।
अन्धुवा खोलामा पुल बन्ने–
पूर्व–पश्चिम राजमार्ग अन्र्तगत विर्तामोड नगरपालिका क्षेत्रमा रहेको अन्धुवा खोलामा सडक डिभिजन कार्यालय दमकले पुल बनाउने भएको छ । राजमार्गलाई छ लेनको बनाउने उद्धेश्यका साथ बिहिबार पुलको शिलान्यास गरिएको सडक डिभिजन कार्यालय दमकका इन्जिनियर माधव पौडेलले जानकारी दिएका छन् ।
७ करोड १५ लाख ९४ हजार रुपैंयाको लागतमा ११ मिटर चौडाई र ३६ मिटर लम्बाईको पक्की पुल बन्न लागेको हो । दुई वर्ष भित्र पुल निर्माण सम्पन्न गर्ने लक्ष्य लिइएको जनाइएको छ । पुल हाल सञ्चालनमा रहेको पुलको दाँया र बाँया दुवै स्थानमा बनाइने पौडेलले बताए । पुल निर्माणको ठेक्का काठमण्डप सफल राजेश जेभीले लिएको बताइएको छ ।
पुलमा सडक साँघुरो हुदाँ दुर्घटनाको जोखिम बढ्दै गएको छ । दुर्घटना हुने सम्भावना बढेदै गएपछि स्थानीय समाज सेवीले राजमार्ग उत्तर र दक्षिणमा फलामे पुल निर्माण गरेर पैदलयात्रीलाई आजतजावत गर्न सहज भएको थियो ।

