Aamsanchar

स्वास्थ्य शिबिरमा ३९० जनाले सेवा लिए

Author Image
शुक्रवार, पौष ७, २०७४

बिर्तामोड,

झापाको बुद्धशान्ति गाउँपालिका–४ बर्नेमा आयोजित एक दिने निशुल्क स्वास्थ्य शिबिरमा ३ सय ९० जनाले सेवा लिएका छन् ।

ब्राईट फयूचर इंलिस स्कुल र युनिटी युथ क्लबले संयुक्त रुपमा आयोजना गरेको स्वास्थ्य शिबिरमा नोबेल अस्पताल एवम् रिसर्च सेन्टर बिराटनगरले प्राबिधिक सहयोग गरेको थियो । शिविरमा २ सय जना महिला र १ सय ९० जना पुरुषले बिभिन्न रोगको स्वास्थ परिक्षण गराएका थिए ।

ब्राईट फ्युचर इंलिस स्कुलको परिषरमा आयोजित शिबिरमा मुटु रोग, नाक कान घाटी, बालरोग, छाला तथा यौन रोग लगायत एक दर्जन बढि रोगको बिशेषज्ञले स्वास्थ्य जाँच गरेको आयोजक समितिका राजेश उराउले जानकारी दिए ।

नोबेल अस्पतालका डा. दिनेश अधिकारी, डा.निराजन निरौला लगायतको टोलीले स्वास्थ्य जाँच गरेको नोबेल अस्पतालका प्रबन्धक नारायण प्रसाद दाहालले बताए । शिबिरमा सन्तोष क्षेष्ठ र सुर्य रिमालले सहयोग गरेका थिए ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 168

प्रतिक्रिया (०)