Aamsanchar

शिक्षकलाई प्रयोगात्मक प्रशिक्षण प्रदान

Author Image
शुक्रवार, पौष ७, २०७४

बाह्रदशी,

बाह्रदशी गाँउपालिका ३ मा रहेको पशुपति माध्यमिक विद्यालयमा राजगढ श्रोत केन्द्र अन्र्तगत विज्ञान विषयका शिक्षक शिक्षिकालाई प्रयोगात्मक प्रशिक्षण कार्यक्रम दिइएको छ ।

श्रोत केन्द्र अन्र्तगत रहेका सामुदायिक तथा निजि २९ वटा विद्यालयका विज्ञान विषयका शिक्षक शिक्षिकालाई प्रयोगात्मक प्रशिक्षणको अवधारणा सिकाएको हो ।

साथै विज्ञान विषयको महत्व, विद्यार्थीहरको रुची र चाहाना सँगै बदलिदो शैक्षिक प्रणाली अन्र्तगत प्रयोगात्मक प्रशिक्षणलाई प्रभावकारी बनाउने उदेश्यका साथ प्रशिक्षण दिएको थियो ।

कार्यक्रमका प्रमुअ अतिथि प्रयोगात्मक विज्ञानका लेखक तथा शिक्षक तीर्थराज ढकालले प्रशिक्षण दिनुभएको थियो भने विशेष अतिथि देवी मावि बिर्तामोडका विज्ञान संकायका प्रमुख लिला प्रसाद भण्डारीले पनि सहजीकरण गर्नुभएको थियो ।

पशुपति माविका प्रधानाध्यापक विद्य्या सुन्दर चौधरीको सभापतित्वमा भएको उक्त कार्यक्रमको समनवय श्रोत व्याक्ति छविलाल बस्नेतले गर्नुभएको थियो ।

Views: 191

प्रतिक्रिया (०)

सम्बन्धित खबर