Aamsanchar

खानीमा पुरिएका युवकको मृत्यु

Author Image
शुक्रवार, पौष ७, २०७४

खोटाङ,

ढुङ्गाखानीमा पुरिएर गम्भीर घाइते बनेका रुपाकोट मझुवागढी नगरपालिका–२ सोल्माका जीवन श्रेष्ठको जिल्ला अस्पताल खोटाङमा उपचारका क्रममा आज साँझ मृत्यु भएको छ ।

सोल्मास्थित मध्यपहाडी लोकमार्गमा पर्ने सडकमाथि रहेको खानीबाट ढुङ्गा झिक्ने क्रममा श्रेष्ठलाई आज अपराह्न खानीमाथिबाट झरेको ढुङ्गाले पुरेपछि उद्धार गरी अस्पताल पु¥याइएकामा उपचारका क्रममा मृत्यु भएको वडा सदस्य अमर श्रेष्ठले बताउनुभयो ।

Views: 119

प्रतिक्रिया (०)

सम्बन्धित खबर