Aamsanchar

सिटी सफारी चालक र प्रहरीबीच झडप

Author Image
शुक्रवार, पौष ७, २०७४

इटहरी,

इटहरीमा सिटी सफारी चालक र प्रहरीबीच झडप भएको छ । यातायात ब्यवस्था विभागले विद्युतिय रिक्सा सिटी सफारीलाई राजमार्ग बाहेकको सहायक राजमार्गमा मात्र संचालन हुने गरि निर्णय गरेपछि विरोधमा उत्रिएका सिटी चालक विरुद्ध इटहरी प्रहरीले अश्रुग्यास प्रहार गरेको छ ।

मुख्य राजमार्गमा पनि सवारी चलाउन पाउनु पर्ने माग राखी सिटी सफारी चालकहरुले इटहरीको मुख्य चोकमा चक्काजाम गरेपछि प्रहरीले चक्काजाम खुलाउन बल प्रयोग गरेको हो । इलाका प्रहरी कार्यालयका डिएसपी संजय राउतका अनुसार विभागको निर्णय अस्वीकार गरि चक्काजाम गर्न आएकालाई बल प्रयोग गरेर जाम खुलाइएको हो ।

प्रहरीले बल प्रयोग गरेपछि उत्तेजित भएका सिटी चालकहरुले प्रहरीलाई ईंटा र शिशाले प्रहार गरेपछि प्रहरीले ५ सेल अश्रुग्यास प्रयोग गरेको प्रहरीले जनाएको छ । इटहरीमा १५ सय सिटी सवारी संचालनमा छन् ।

मुख्य राजमार्ग बाहेकको रुटमा चल्ने लेखिएपनि उनीहरुले मुख्य राजमार्गमा मात्रै संचालन गर्दा दुर्घटना बढेको जनगुनासो आएपछि विभागले मुख्य राजमार्ग बाहेक संचालन गर्न प्रशासनलाई पत्र पठाएको छ ।  सिटी चालकले हिजो पनि यातायात ब्यावस्था कार्यालय कोशीको सवारी कार्यालयमा निर्णयको विरुद्धमा धर्ना दिएका थिए ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 271

प्रतिक्रिया (०)

सम्बन्धित खबर